यति एयरलाइन्सको दिगो विकास लक्ष्य अभियान अन्तर्गत बस सेवा सुचारु

काठमाडौं । यति एयरलाइन्सले नेपालमा जनचेतनाका लागि संयुक्त राष्ट्रसंघको साझेदारीमा दिगो विकास लक्ष्य अभियान बिहिबारदेखि शुभारम्भ गरेको छ । यस अभियान अन्तर्गत एयरलाइन्सले आफ्नो दुईवटा एयरर्पोट सटल बसहरुमा १७ वटा दिगो विकास लक्ष्यहरु सहितका फलाएरस तथा लिफ्लेटहरु उपलब्ध गराएको छ । यी प्रचार सामग्रीको माध्यमबाट यात्रुहरुलाई यात्राका दैरान दिगो विकास लक्ष्यका बारेमा सूचित हुन सहयोग पुग्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडड्यन परिचालन क्षेत्रमा दिगो विकास लक्ष्य अंकित गाडीहरु अनावरण गर्दै यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यो अभियान संयुक्त राष्ट्र संघसंग यति एयरलाइन्सको साझेदारीको एउटा सुखद सुरुवात भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघमा नेपाल सहितका सदस्य राष्ट्रहरुले सेप्टेम्बर २०१५ मा अवलम्बन गरेको दिगो विकास लक्ष्य अभियान अन्र्तगत गरिबीका सम्पूर्ण आयम र स्वरुपलाई सन् २०३० सम्ममा विश्वबाट अन्त्य गर्दै विश्वलाई समता मुलक, सुरक्षित र सम्मुनत समाज बनाउने एउटा अन्तर्राष्ट्रिय समझदारी हो । दिगो विकास लक्ष्यहरु प्राप्ति गर्नका लागि नीजि क्षेत्रको स्रोत, साधन र प्रविधि परिचालन गर्न सक्ने विशिष्ट क्षमतालाई महशुस गर्दै नीजि क्षेत्रलाई दिगो विकास लक्ष्यको कार्यान्वयनकालागि प्रमुख साझेदारीका रुपमा लिइएको छ । संयुक्त राष्ट्र संघका नेपाल निर्देशक रेनाउट मेयरले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो नयाँ साझेदार यति एयरलाइन्सले जनचेतना जगाउन गरेको रचनात्मक प्रयोगबाट संयुक्त राष्ट्रसंघले खुशी अनुभुती गरेको कुरा व्यक्त गरे । उनले यस्तो अग्रसरताहरुले आमजनसमुदायमा दिगो विकास लक्ष्यका बारेमा दिगो जनचेतना, साझेदारी र सहकार्य बढाउन मदत गर्ने कुरा उल्लेख गरे । यति एयरलाइन्ससंगको यो साझेदारी बाहेक संयुक्त राष्ट्रसंघ र यति एयरलाइन्सले नागरिक उडड्यन र पर्यटन क्षेत्रमा दिगो व्यापार अभिबृद्धिका लागि संयक्त रुपमा व्यवसायीक नमुनाहरुको अनवेषण प्रयोग र प्रवद्धनका लागि सहकार्य गर्नेछन् जसबाट नेपाललाई दिगो विकास लक्ष्य अभियान अन्र्तगतका जलवायु परिवर्तन, गरिबी न्यूनीकरण, लैङ्किक समानता अन्तर्गतका दिगो विकास लक्ष्यको केहि र्निदष्ट सुचांकहरुमा सफलता मिल्ने छ ।

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले गरे पद तथा गोपनीयताको शपथ

काठमाडौँ,  । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजना गरेको विशेष समारोहबीच कार्यवाहक प्रधानन्यायाधीश पराजुलीले बस्न्यात र दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । सो समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, मुख्य सचिव डा. सोमलाल सुवेदी, सचिव र नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बस्न्यात र महालेखा परीक्षक दङ्गाललाई संसदीय सुनुवाइ समितिले आइतबार नियुक्तिका लागि सिफारिस गरेको थियो । नेपाल संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र महालेख परीक्षकमा दङ्गाललाई नियुक्त गर्ने व्यवस्था रहेको छ । रासस