ड्रोन क्यामेराबाट लिइएको तस्बिरले वाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

काठमाडौं । ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उप महानगरपालिकाको सुन्दरी घाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतारेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले बताए । “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौं महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौं महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतारिएको छ”–उनले भने । सफाइ महाअभियानका तर्फबाट अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई दिइएको प्रतिवेदनलाई जग्गा नापजाँच सम्बन्धी विज्ञले कार्यालयमै बसी कहाँ कति नदीको जग्गा मिचिएको छ भनी हेर्न सकिने आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए । “तस्बिर खिचिएका तीन स्थानमा जमिनमुनिबाट ल्याइएको ढल कहाँ खसालिएको छ भनी हेर्न सकिन्छ, अब वाग्मतीको पूरै क्षेत्र र उपत्यकाका अन्य सहायक नदीको पनि ड्रोन क्यामेराबाट तस्बिर उतारिनुपर्छ”–उनले भने । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय र सम्बन्धित महानगरपालिका एव्म नगरपालिकामा बुझाइएको छ । वागमती सफाइ महाअभियान सुरु हुँदा समेत सोचे अनुरुप नदी सफाइ हुन नसकेपछि माघ २९ गते ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको थियो । ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौं आएको थियो । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटे पनि अपेक्षाकृत सफा हुन नसकेको हो । रासस

राष्ट्रिय फुटबल टिमका खेलाडी कोका-कोला मोमोत्सवमा सहभागी

काठमाडौं । अभ्यास पछि नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई कोका-कोला मोमोत्सवमा सहभागी भए वापत प्रशंसाको चिनो स्वरूप खेलाडीको नाम प्रिन्ट भएको कोका-कोला बोटल प्रदान गरेर सरप्राइज दिइयो ।

२ हप्तामा २० लाख पटक हेरियो ‘नाई मलाई थाहा छैन’, उत्कृष्ट भिडियोलार्इ एकलाख पुरस्कार

टिका प्रसाईं र सञ्जीब पराजुलीको स्वर रहेको गीत ‘नाई मलाई थाहा छैन’ (क्लव मिक्स) गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै २० लाख भन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय युट्युबमार्फत चर्चामा आएको डान्स ग्रुप ‘कार्टुन्ज क्रिउ’ र अर्की चर्चित मोडेल ‘एलिशा राइ’ ले अभिनय गरेको यो भिडियो सार्वजनिक भए पश्चात भने ‘नाई मलाई थाहा छैन’ को क्रेज निकै बढेको छ । हेमन्त रानाको साइली गीत पछि युट्युबमा अत्यधिक चर्चामा रहेको गीत ‘नाई मलाई थाहा छैन’ अहिले सुपरहिट हुँदै भाइरल भएको हो । गायकद्वयको ‘सँगसँगै’ एल्बममा समावेस यस गीतका गीतकार एकनारायण भण्डारी, संगीतकार तथा एरेञ्जर आशिष अविरल हुन् । यसै गीतको पहिलो संस्करणमा ‘बाबा एजुकेशन कन्सलटेन्सी’ को प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता पहिले देखिनै सञ्चालित छ । प्रतियोगितामा भिडियो पठाई सक्नुपर्ने अन्तिम दिन ३१ मार्च २०१७ राखिएको छ । यस प्रतियोगितामा भाग लिने सहभागीहरुमध्ये युट्युब भिवर र जजको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एकलाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको लागि पालन गर्नुपर्ने नियमहरु गायकद्वय सञ्जिब पराजुली ( facebook.com/SanjibParajuli) र टीका प्रसाईं (facebook.com/Tika.Prasain.Music ) को फेसबुक पेजमा राखिएको छ ।