एनआईसि एसियाले जित्यो ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’

काठमाडौं । ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण एन.आई.सि एसियाले बैंकले जितेको छ । सोमबार भएको फाइनल खेलमा खेलमा एन.आई.सि एसियाले एनएमबि बैंकलाई ट्राईब्रेकरमा हराउन सफल भएको थियो । खेलमा विजय बैंक एनआईसि एसिया, उपविजेता एनएमबि बैंक र तेस्रो भएका सिद्धार्थ बैंकका खेलाडिहरुलाई सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी राजन सिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण वैशाख २ गते देखि वैशाख ४ गतेसम्म सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा १७ वटा वाणिज्य बैंक सहभागी भएका थिए ।

यस्तो छ वैशाख एक गते मात्र फुल्ने अनौठो फूल, जसलाई हेर्न भारतबाट लाखौँ आउने

सिरहा। सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ । इसाको छैटौँ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ । प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ । लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् । सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ । राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ । रासस

टाटा मोटर्सको आरामदायी नयाँ पर्यटक बसहरु सञ्चालनमा, बस भित्रै वासरुमको सुविधा

काठमाडौं । ट्राभल नेपाल बस सर्भिस प्रा. लि. ले नेपाली तथा विदेशी यात्रुहरुलाई लक्षित गरि “उमङ्ग को अनुभुति” का साथ नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरेको छ । पर्यटकहरुलाई सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरुको सेवा दिँदै आएको कम्पनीले थप सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसनयुक्त नयाँ बसहरु सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स लि भारतको एमसीभी बस सेग्मेन्टको नयाँ मोडल एलपी०१५१२टीसी ५५ एयर सस्पेन्सन च्यासिस्मा नयाँ दिल्लीको प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनिमा निर्मित विशेष सुविधा सम्पन्न बढी बनाइएको छ । ११ मिटर लामो यो बस टाटा चुम्मिन्स टुरबोचार्ज इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । १३३ हर्ष पावरको ईञ्जिन, ४९० न्युटन मिटरको टर्क ,२५३ मिलि मिटरको क्लचप्लेट र जि-६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले बसले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यो बसमा जि–६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यो बसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । बसको भित्रि भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ जुन अति आकर्षक देखिन्छ र बस भित्रै वासरुमको सुविधा पनि छ । धुम्रपानको बानी भएका यात्रुहरुको लागी छुट्टै ठाउँको व्यबस्था पनि बस भित्रै रहेको छ । साथै यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यबस्था पनि बस भित्रै रहेको छ । सुविधा संग खान र पिउनको लागी हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडीत छ र आरामदायी र सुविधायुक्त यात्राको लागी रिक्लाइनिङ थाई रेष्ट सिटहरु रहेका छन् । यस बसको सञ्चालन संगै नेपाल अधिराज्यभरि नै विशेष सुविधायुक्त र आरामदायी यात्रामा यो बस अग्रणी स्थानमा रहनेमा सञ्चालकहरु विश्वस्त छन् । सञ्चालनको शुभारम्भमा ४ वटा बसहरुले काठमाण्डौं – पोखरा-काठमाण्डौं र काठमाण्डौं – लुम्बिनि-काठमाण्डौं को विशेष सेवा शुरु गरिनेछ र नयाँ बसको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सकिन्छ । ट्राभल नेपाल बस सर्भिसमा टिकट बुकिङ्गको लागि मोबाइल एप्सको सुविधा ई-सेवा नेपालले उपलब्ध गराउने छ । साथै, टाटा मोटर्स मार्कोपोलो लिको बडि बिल्ट बसहरु स्टारबस अल्ट्राका बिभिन्न श्रेणीहरुमध्ये स्टारबस अल्ट्रा लक्जरी श्रेणीको एउटा मोडल एलपी०७.५टी अल्ट्र एयर कण्डिसन बस नेपाली बजारमा ल्याएको छ । ३७८३ सि सि को १२३ हर्ष पावरको भिस्कोस् फ्यान टेक्नोलोजी जडित ईञ्जिन भएको बसमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । पाराबोलिक सस्पेन्सन र रेडियल टायर जडित एलपिओ च्यासिसमा बनेको विश्वस्तरीय बडि अति आकर्षक देखिन्छ । पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन उद्योग व्यबसायीलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको बसमा विशेष प्रकारको सुविधाहरु रहेका छन् । अति आधुनिक ड्यासबोर्ड रहेको बसमा न्युमेटिक सिस्टमको ढोका रहेको छ जुन चालक आफैंले खोल्न र बन्द गर्न सक्दछ र चालकको सुविधालाई ध्यानमा राखेर अलग्गै क्याबिन कम्पार्टमेन्ट बनाइएको छ । बसमा २९ आरामदायी सेमि रिक्लाइनिङ सिटहरु छन् । बसमा सामानहरु राख्नको लागी पर्याप्त ठाँउको साथै हातको व्याग समेत राखेर आरामसगं बस्न मिल्ने व्यबस्था छ । ८४० मिमि को फ्लोर हाईट भएको बसमा फिक्स्ड विण्डो ग्लास र भेन्टिलेसन, प्रत्येक सिटमा पंखाहरु, सबै विण्डोहरुमा आकर्षक पर्दा अनि स्टेरियो साउण्ड सिस्टम नयाँ बसको थप विशेषताहरु हुन् । एलपी०७.५टी एयर कण्डिसन बस ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।