ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं, ६ असोज । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बिहीबारदेखि बैंकले कैलाली जिल्लाको ओलानी र सोल्टामा उक्त सेवा शुरु गरेकोे हो । उक्त दुई सेवाको बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन् । बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको बैंकले जनाएको छ । उक्त सेवाको सञ्चालन पछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बैंकले ओलानीमा शुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टामा गरेको सेवाको लागि स्थानिय हिरादेवि जैसीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा शुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लगायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बंैकिङ्ग सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन् ।

कोकाकोला कप २०७३ को विजेता समुहहरु

काठमाडौं, ५ असोज । चृुली उच्च माध्यमिक विद्यालय र दुर्गा उच्च माध्यमिक विद्यालय क्रमशः प्रमुख अतिथी महेश प्रसाद दाहाल (सचिव, युवा तथा खेलकुद मन्त्रालय), आलोक कोहली, कोका कोला नेपालका देशिय निर्देशक, बोटलर्स नेपाल लिमिटेडबाट आनन्द रत्नापार्खी तथा रजनिश शर्मा तथा एन्फाका पदाधिकारीहरुका साथमा ।

काठमाडौंमा आइपुगे साझाका नयाँ बसहरु

काठमाडौं, ३ असोज । साझा यातायातको नयाँ बसहरु आज काठमाडौंमा आइपुगेको छ । बस सोमबार काठमाडौँमा आइपुगे पनि दसैँअघि भने सञ्चालन नहुने भएको छ । कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम गर्नुपर्ने भएकाले दसैँअघि नै बस सञ्चालन गर्न नसक्ने बताएका हुन् । पछिल्लो समय साझा यातायातले २०७० बैशाखबाट उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको छ । अहिले ल्याउने लागिएको बससँगै काठमाडौँ उपत्यकामा साझाका ४६ वटा बस सञ्चालनमा रहनेछ । पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको सेवा विविधीकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए । काठमाडौं उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा १० करोड रुपैयाँ लगानी गरेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस