सिटिजन्स बैंकद्धारा बाल विकास समाजलाई नगद सहयोग

काठमाडौं, ३१ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई पचास हजार रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि उक्त रकम सहयोग गरेको हो । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले ५० हजार रुपैयाँको चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं आएको यस बैंकले आगमी दिनहरुमा अझ सशक्त रुपमा निरन्तरता दिने बताएको छ । यसैगरी बैंकले आफ्नो महाबौद्ध र मानभवनमा शाखाहरुबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । साथै देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पुर्याउनको लागि बैंकले नुवाकोट जिल्लाको देउराली गा.वि.स. मा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ्ग तामाङ्गलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोबारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीमा

काठमाडौं, ३१ साउन । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा कैलालीमा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले कैलाली जिल्लाको मसुिरया बजारमा सो सेवा शुरू गरेको हो । बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले सोमबार मसुिरया बजारमा आयोजित एक समारोहका बीच यस बैंकको दशौं शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा शाहीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पारेका छन् । साथै, उनले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि सूर्यप्रसाद पौडेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट कारोबार गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ मोबाइल सार्वजनिक, मूल्य १६ हजार मात्र

काठमाडौं, २८ साउन । माइक्रोम्याक्सको क्यिू फोर सिक्स फाइभ (क्यानभास युनाइट फोर प्रो) मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । बजारमा सो मोबाइलको मूल्य १६ हजार २ सय ३६ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोबाइलमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित छ । मोबाइलमा २ जीबी र्याम, १६ जीबी रोम र थप ३२ जीबी विस्तार गर्न सकिने एसडी कार्ड प्रयोग गर्न सकिने छ । जसका कारणले कुनै तस्विर, डकुमेन्ट र भिडियो स्टोर गर्न समस्या नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मोबाइलमा १.३ जिएचडी क्वाड कोर प्रोसेसर रहेको छ । यसमा १६ जीबी रोम रहेको र फोनमा शक्तिशाली ३९०० एमएएच ब्याट्री छ र ५.१ इन्चको एचडी डिस्प्ले रहेको छ । यो फोनमा ८ एमपी हाई रिजोलुसन अटोफोकश रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा रहेको छ जसको सहायताले उत्कृष्ट सेल्फी खिच्न सकिने कम्पनीले जनाएको छ । दुईवटा सीम लाग्ने उक्त मोबाइलमा हाइब्रिड सिम स्लट रहेको छ जसले थ्रीजी र फोरजी नेटवर्कमा सर्पोट गर्ने कम्पनीले जनाएको छ । मोबाइलमा वाईफाई, ब्लुटुथ लगायत फिंगरप्रिन्ट सेन्सर समेत छ । यो मोबाइलमा ३३५० एमएचको पावर ब्यांक निशुल्क पाउने कम्पनीको दावी छ ।