सानिमा इक्विटी फन्ड २ बिक्री खुल्यो, १ हजार रुपैयाँमा सहभागी हुन पाइने

काठमाडौं । सानिमा क्यापिटलले सानिमा इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ ।  क्यापिटलले बिहीबार (आज)देखि इकाइ बिक्री खुलाएको हो । यो सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। प्रतिइकाइ १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा राखिएको छ ।  निष्कासन गरिने कुल इकाइमध्ये न्यूनतम १ करोड ३० लाख वा कुल बिक्री संख्याको न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक सानिमा बैंक र २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यसमा आवेदन दिँदा न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म माग गर्न सकिन्छ ।  यस फण्डको इकाईमा बैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिभित्र पूर्ण आवेदन नपरेमा जेठ ७ गतेसम्म आवेदन दिन पाइने सानिमा क्यापिटलले जनाएको छ ।  लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ । त्यसैगरी, अधिकतम १ करोड इकाइका लागि आवेदन दिन सकिने जनाइएकाे छ ।

विदेशमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ । वैशाख २१ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूेले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरेको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

१०४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा समान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६४ अंकले घटेर २७११ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३६ कम्पनीको ७१ लाख कम्पनीको ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पिीनिङ मिल्सको १६ करोड, नेसनल हाइड्रोको १४ करोड, न्यादी गुप्रको १२ करोड र अप्पर लोहर खोलाको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।