नेप्सेमा २ लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कालिका लघुवित्तको १९ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५९.६६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, विजय लघुवित्तको २० प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६५८.३३ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार लघुवित्तको सेयर प्रतिकित्ता ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रभु बैंकका संस्थापक धमाधम बाहिरीँदै, एकैपटक १५ जना सेयर बेच्दै

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक १५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक १५ जना सेयरधनीहरुले १४ लाख १६ हजार १९५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक शैलेश श्रेठको नाममा रहेको ६ लाख कित्ता, कमान सिंह खड्को २९ हजार कित्ता, जय प्रकाश चौधरीको १६ हजार १५९ कित्ता, भूपाल दाहालको ६२ हजार १५२ कित्ता, विमल तिमल्सिनाको ८ हजार ५३२ कित्ता र धर्मभक्ता बल्लको १ लाख ६५ हजार ९१ कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, डेगेन्द्र कुमार श्रेष्ठको २ लाख कित्ता, केदार प्रसाद श्रेष्ठको ४७ हजार १६८ कित्ता, रत्न बहादुर अवालेको ३४ हजार ५८५ कित्ता, केशब तुलाधरको ३१ हजार ८९१ कित्ता र दुर्गा बोहराको २१ हजार ३७० कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, झपट बहादुर बोहराको १५ हजार ६९ कित्ता, ज्ञानेन्द्र प्रसाद अर्यालको ३२ हजार कित्ता, मनोज कुमार जोशीको १८ हजार ९६० कित्ता र प्रदिप मान बैद्यको १ लाख ३४ हजार २१८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि गत चैत २ गते पनि बैंकले संजय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता, श्रवण कुमार अग्रवाल र राजेश कुमार अग्रवालको समान ५९ हजार ७५९ कित्ता, भोज कुमार सिटौलाको ३३ हजार १८ कित्ता, सचित्र मान शाक्यको ३० हजार ६५० कित्ता, कृष्ण प्रसाद आचार्यको ८६ हजार ४६८ कित्ता र विनिता अधिकारीको २ लाख कित्ता गरी कूल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राखेको थियो ।

प्राइम बैंकले १५ रुपैयाँ सस्तोमा सेयर बेच्दै

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोस्रो बजार मूल्यभन्दा सस्तोमा सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम रहेको सेयर मूल्यभन्दा १५ रुपैयाँ कम गरी संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले ब्यक्तिगत संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ । तर, नेप्सेमा पछिल्लो पटक बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा कारोबार भएको छ । बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकले चैत २१ गतेदेखि चैत २९ गतेसम्म सेयर बिक्री गर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले सो सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।