इलाम जिल्लाको लागि पिपुल्स पावरको आइपीओ खुला

काठमाडौं ।  पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ । लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४।९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । रासस

सिन्धु विकास बैंकका सेयरधनीको हात खाली, लाभांश नपाउने

काठमाडौं । यो वर्ष सिन्धु विकास बैंकका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/0७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो । असार ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बोर्डको पत्रकार सम्मेलनपछि लगानीकर्ताले भने- ‘धितोपत्र बोर्ड मुर्दावाद’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् । उनीहरु पत्रकार सम्मेलन सकिएपछि बाहिर ‘धितोपत्र बोर्ड मुर्दावाद’, ‘लगानीकर्ताको माग पुरा गर’ लगायतका नारा लगाएर नारावाजीमा उत्रिएका हुन् । उनीहरुले विभिन्न १९ वटा माग राखेका छन् । बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका सबै माग तीन महिनाभित्रमा कार्यान्वयन गरिने भनेपछि तत्काल नगरेको भन्दै लगानीकर्ताहरु नारावाजीमा उत्रिएका हुन् ।