लगानीकर्ताको माग धितोपत्र बोर्डको कार्यक्षेत्रभन्दा बाहिर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति असार ५ गते धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले सो बताएको हो । युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुन सक्ने समेत स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आइतबार जारी गरेका प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको जानकारी गराएको छ । रासस यस्ता छन् लगानीकर्ताको माग आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे मागसहितको ज्ञापन पत्र
आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे मागसहितको ज्ञापन पत्र
काठमाडौं । आन्दोलनरत लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउ गर्न पुगेका लगानीकर्ताले विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पुँजी बजार सुधार संघर्ष समितिले राखेका १९ बुँदे माग बुझाएका हुन् । यो समितिले जेठ २३ गतेमात्रै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई सो माग बुझाएका थिए । समितिका संयोजक तिलक कोइराला भने विगत पाँच दिनदेखि नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बस्दै आएका छन् । पुँजी बजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समिति जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यसयता पनि लगानीकर्ताहरुले विभिन्न दवावमूलक कार्यक्रमहरु गर्दै आएका छन् । यस्ता छन् लगानीकर्ताका मागहरु : विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने । बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने । कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पुँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने । ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने । गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतस् इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतस् रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिङ्ग ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने । [pdf id=334759]
१९३४ बिन्दुमा झर्यो नेप्से परिसूचक
काठमाडौं । निरन्तर घट्दो बजारमा नेप्से परिसूचक घटेर २ हजारभन्दा तल झरिसकेको छ । साताको पहिलो दिनको कारोबारमा परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा १.८९ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार रकम भने गत शुक्रबारको तुलानामा बढेको छ । ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आइतबार १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो समय नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को दैनिक सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने निरन्तर घटीरहेको छ । एनटीसी पछि बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक छन् । आइतबार एनसीसीको ५ करोड ६४ लाख, सेञ्चुरी कमर्शिलयको ४ करोड ८२ लाख, नबिलको ४ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा पनि आँखुखोला लघुवित्तको सेयर मूल्य १० प्रतिशतल बढेको छ । बजारमा संस्थाको सेयर मूल्य ९.९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३९ मा अन्तिम कारोबार भएको छ । रिभर फल्स पावरको सेयर भने प्रतिकित्ता ९.५६ अंकले घटेर प्रतिकित्ता २४६.९० रुपैयाँ कायम भएको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा कारोबारमा सबै समूह राताम्मे देखिएका छन् ।