पाल्पा सिमेन्टको नाफा २ करोड ६३ लाख रुपैयाँ, अन्य इक्विटी १ अर्ब ९ करोड

काठमाडौं । पाल्पा सिमेन्टको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ७२.९६ प्रतिशत घटेर २ करोड ६३ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५४ प्रतिशत घटेर १ अर्ब ८९ करोड ४ लाख ४३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ११ करोड २० लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी १४.२१ प्रतिशत बढेर १ करोड ३ लाख ४० हजार रुपैयाँ र कुल नाफा ६१.८९ प्रतिशत घटेर ३८ करोड ४१ लाख २३ हजार रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ५१.९३ प्रतिशत घटेर ५ करोड ४९ लाख ९२ हजार रुपैयाँ र बिक्री लागत ५१.४६ प्रतिशत घटेर १ अर्ब ५० करोड ६३ लाख ५९ हजार रुपैयाँ गरेको छ ।  ३ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ९ करोड ८५ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.६२ रुपैयाँ रहेको छ । 

सिम्रिक एयर धितोपत्र बोर्डमा दर्ता हुने, सेयरधनीलाई नगद लाभांश

काठमाडौं । सिम्रिक एयर लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।  आईपीओ निष्काशनको अनुमतिका लागि कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा साँझ ५ बजे रजिस्टर्ड कार्यालय काठमाडौंमा बोलाएको छ ।  सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ । साथै, सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यस्तै सभाले चालु आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ । 

साल्ट ट्रेडिङको नाफामा २९.३४ प्रतिशत उछाल, साढे ६ अर्ब रुपैयाँ आम्दानी

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात् १ करोड ३ लाख ७८ हजार रुपैयाँ बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।   चालु आवको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।  यस्तै समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो ।  चालु आवको ६ महिनामा कम्पनीले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बिक्री लागत थियो ।  समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ, ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ । ३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ छ ।