सेयर बजारमा नेगेटिभ सर्किट, ५ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । आइतबारकाे सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेकाे हाे । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । यो अवधिसम्म बजारमा २१५ कम्पनीको सेयर कारोबार भइसकेको छ । उनीहरुको १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर ७ अर्ब १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये स बैभन्दा बढी जीवन बीमा समूह ७२५ अंकले ओरालो लागेको छ । त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनी बाहेक बाँकी ओरालो लागेका छन् ।

पहिरो गएको बजारमा ५ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढ्यो

ainersकाठमाडौं । आइतबारको सेयर बजारमा पहिरो गएको छ । कारोबार खुलेको दुई घण्टा नबित्दै नेप्से परिसूचक १३६.११ अंकले ओरालो लागेको छ । दिउँसो १२ बजेर ४६ मिनेट जाँदा परिसूचक ४.६५ प्रतिशतले घटेर २७९०.८८ बिन्दुमा भरिसकेको छ । यो समाचार तयार पार्दासम्म २१५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ । यो अविधिसम्म सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, यूनिलिभर नेपाल, सनराइज डिबेन्चर र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य बढेको छ । जसमध्ये सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ पुगेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशतले बढेर प्रतिकित्ता ५२३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनमा २०.२० रुपैयाँले बढी हो । त्यसैगरी, यूनिलिभर नेपालको सेयर मूल्य १८४ रुपैयाँले बढेर प्रतिकित्ता १९ हजार ६५० रुपैयाँ पुगेको छ । त्यसैगरी, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३ र एनआईबिएल समृद्धि फण्ड १ को मूल्य बढेर क्रमशः १०४५ र १२.२५ रुपैयाँ पुगेको छ । उता अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये ५३ कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

२८ सय इन्डेक्सबाट झर्ने तरखर गर्दै नेप्से

काठमाडौं । कारोबार सुरु भएको साढे एक घण्टामै सेयर बजारमा १२४.८५ अंकको गिरावट आएको छ । अहिले नेप्से इन्डेक्स १२४.८५ अंकले घटेर २८०२. ८५ अंक कायम भएकाे छ । १२ बजेर ३४ मिनेट जाँदा १ करोड २० लाख सेयर खरिद बिक्रीबाट ५ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ । अहिलेसम्म ४.२७ प्रतिशतले घटेको सेयर बजार २८ सयभन्दा तल झर्ने तरखर गरिरहेको छ ।