प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन
काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ्गलाई एक्विजिसन (प्राप्ति) गर्ने प्रस्ताव अनुमोदन भएको छ । भदौ १७ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सो सम्बन्धमा प्रारम्भिक समझदारी अनुमोदन गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्ट नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त गरेको वित्तीय संस्था हो । जसले हाल वित्तीय कारोबार गर्दै आएको छ ।
हालसम्म ३७ हजारले दिए एनएमबि सरल बचत फण्ड ईमा आवेदन
काठमाडौं । एनएमबि क्यापिटलले निष्काशन गरेको एनएमबि सरल बचत फण्ड ई मा करिब ३७ हजारले आवेदन दिएका छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटलका अनुसार भदौ १८ गते बिहान १० बजेसम्म ३६ हजार ९१९ जनाले उक्त फण्डमा आवेदन दिईसकेका छन् । उनीहरुले १७ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ७६ लाख ६८ हजार ४७० इकाई माग गरिसकेका छन् । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड भदौ १७ गतेबाट निष्काशन तथा बिक्री खुला भएको हो । फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईको ४० प्रतिशत अर्थात ४ करोड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
अपि पावरसहित चार कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा अपि पावरसहित चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन अपि पावर, ङादी ग्रुप पावर, एनएबी ५० र एनएमबि हाइब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो । जसमध्ये अपि पावरको १०.५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५२९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, ङादी ग्रुपको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम रहेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ रहेको थियो । त्यस्तै, एनएमबि५० को ३० प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको हो । प्रतिईकाई १५.५३ रुपैयाँ रहेको फण्डको मूल्य समायोजन पछि १२.५३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ को पनि नगद लाभांश पछिको मूल्य समायोजन भएको छ । यससँगै उक्त फण्डको मूल्य प्रतिइकाई ११.८० रुपैयाँ रहेको छ ।