श्वेत–गंगा हाइड्रोपावरले ४७ लाख कित्ता आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले ४७ लाख ७९ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्न कम्पनीले बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठ र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेबीच सेयर निष्कासन गर्ने सम्बन्धनमा दुई पक्षिय सम्झौता भएको हो । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड  ३० लाखको ३० प्रतिशतले हुन आउने रकम ४७ कराेड ७९ लाखको सेयर निष्कासन गर्नेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ केभी न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधिन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ ।

अपि पावरमा झुम्मिए लगानीकर्ता, एकैदिन १६ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । मंगलबारको सेयर बजारमा अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ८६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । रकमको आधारमा मात्रै नभई सबैभन्दा बढी कित्ता सेयर किनबेच हुनेको अग्रस्थानमा पनि अपि पावर नै रहेको छ । मंगलबार मात्रै कम्पनीको १३ लाख ४१ हजार २४० कित्ता सेयर खरिद बिक्री भएको छ । कम्पनीले लाभांश र हकप्रद सेयर घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र बोनस पछि ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबारसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ । सो दिन कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ६४० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८.२० रुपैयाँले बढेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य न्यूनतम ६३४ रुपैयाँदेखि अधिकतम ६७० रुपैयाँसम्ममा किनबेच भएको थियो । बोनस र हकप्रद पारित गर्न अपि पावरले डाक्यो साधारणसभा समग्रमा मंगलबारको बजार सामान्य ०.२३ अंक अर्थात ०.०१ प्रतिशतले बढेर ३१६०.३२ बिन्दुमा पुगेको छ । दिनभरको कारोबारमा २२१ कम्पनीको कूल १८ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा पनि १६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये पनि १२ कम्पनीको सेयर मूल्य १०/१० प्रतिशत र बाँकी ४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । जसमध्ये अधिकांश हाइड्रो कम्पनी रहेका छन् । सो दिन सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ३.८६ प्रतिशतले घटेर प्रतिइकाई १३.४६ रुपैयाँमा झरेको छ । मंगलबार बैंकिङ्ग, होटल्स् एण्ड टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य सूचक र ट्रेडिङ्ग समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।

न्यादी हाइड्रोपावरको आइपिओ खुला, लमजुङ जिल्लावासीले भर्न पाउने

काठमाडाैं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएको छ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मस्र्याङदी –६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो । आइपिओमा एनएमबि बैंकको बँेसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।