आत्मनिर्भर लघुवित्तले पनि आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको संस्थाले एक लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । सो प्रयोजनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको कमलपोखरीस्थित रहेको सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धि द्धिपक्षीय सम्झौतामा लघुवित्तको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पुँजीबजारलाई प्रभाव पार्ने तथ्यहिन समाचार प्रकाशित नगर्न आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक  एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) एक विज्ञप्तिमार्फत सो सम्बद्ध निकायरुसँग जोडिएका आग्रह गरेको हो । साथै, संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएका आएका विषयहरु सत्य तथ्य विवरण आधिकारिक निकायबाटै आउने जानकारी गराएको छ । त्यसैगरी विगत केही दिनयतादेखि बजारमा आएको समाचार सबै भ्रामपूर्वक रहेको बताउँदै यस्ता समाचार सम्प्रेषण नगर्न पनि संघठनको अनुरोध रहेको छ । यस्ताे छ विज्ञप्ति नेपालको पुँजी बजारमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता भई पुँजी बजारको तिब्र विकास भई रहेको सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड तथा बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर विभिन्न संचार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुप्रति यस संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । विगत केही समय यता नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखा परेका समस्याहरुको समाधान गर्दै बजारको समग्र सुधार तथा विकासका लागि नीतिगत तथा कानुनी संरचनामा परिर्वतन गरेको र सोको प्रभाव धितोपत्र बजारमा सकारात्मक रही बजारमा लगानीकर्ताहरुको मनोवल बृद्धिहुदै गएको सबैमा विदितै छ । धितोपत्र बजारको विश्वसनीयता, पारदर्शीता र स्थिरताको साथै अन्तर्राष्ट्रिय सिद्धान्त तथा असल अभ्यास अनुरुप बजार संचालन हुनुपर्ने विषयलाई प्राथमिकता दिई सोही अनुरुपको बजार विकासको लागि संगठन तथा कर्मचारी स्तरबाट निरन्तर योगदान गर्दै आएको व्यहोरा जानकारी गराउँदछौ । बोर्डबाट बजार सुधार गर्ने क्रममा धितोपत्र बजारमा रहेका संचालनात्मक तथा संरचनात्मक कमीकमजोरीहरुमा सुधारको प्रयासमा व्यवधानजन्य कार्यहरु भएगरेको विभिन्न सामाजिक संजालमा राखिएका सामाग्रीहरुबाट देखिन्छ । यस्ता गतिविधिहरुबाट धितोपत्र बजारको निरन्तर सुधार तथा विकास कार्यमा लाग्ने धितोपत्र बोर्डका कर्मचारी तथा सम्बद्ध निकायका कर्मचारीहरुको मनोवलमा नकारात्मक प्रभाव पर्नुका साथै बजार विकासमा अवरोध आउनसक्ने विषयमा सवैलाई संयमित तथा चनाखो हुन अनुरोध गर्दछौ । पुँजी बजारको संवेदनशीलतालाई मध्यनजर गर्दै लगानीकर्ताको लगानीको सुरक्षा गर्ने विषय सम्पूर्ण सरोकारवाला पक्षहरुको सकारात्मक योगदानबाट मात्र सम्भव हुने संगठनको ठहर छ । यसै सन्दर्भमा पछिल्लो समय धितोपत्र बोर्ड, बोर्डका पदाधिकारी तथा धितोपत्र बजारका सम्बन्धमा संचार माध्यमहरुमा आएका विषयहरुलाई सम्बन्धित निकायबाट विना पूर्वाग्रह सत्य तथ्यमा आधारीत भई आवश्यक्तानुसार वास्तविकता वाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन यसै विज्ञप्ती मार्फत बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ । अन्त्यमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएर आएका विषयहरुमा सत्य तथ्य विवरण आधिकारिक निकायबाट प्रेषित हुने हुँदा पुँजी बजारलाई प्रभाव पार्ने भ्रामक एवम् तथ्यहिन विषय बाहिर प्रकाशन नगर्न सम्पूर्णमा यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन हार्दिक अपिल गर्दछ ।

यूनियन लाइफ इन्स्योरेन्सको पनि भोलिदेखि सेयर कारोबार हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘यूएलआई’ दिइएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।