नागरिक लगानी कोषसहित एक लघुवित्तको सेयर सूचीकृत
काठमाडौं । नागरिक लगानी कोष र साना किसान विकास लघुवित्तको संस्थाको सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये नागरिक लगानी कोषको हकप्रद र साना किसान विकास लघुवित्तको बोनस र हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद नेप्सेमा थपिएको हो । त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको एकैदिन २५ लाख १३ हजार १५ कित्ता सेयर सूचीकृत भएको छ । संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २५ लाख ५७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो भने १२ हजार ४४२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको बोनस र हकप्रद सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (बैशाख ५ गते) नेपाल इन्भेष्टमेन्ट बैंक र गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत अर्थात १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, गरिमा विकास बैंकको पनि १३.५० प्रतिशत अर्थात ४३ लाख ७२ हजार २३० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै यी दुई कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा हुने छ । र, केही दिनमा दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
रुरु हाईड्रोको आईपीओ बाँडफाँड, ३८ हजार आवेदकले पाए १० कित्ता शेयर
काठमाडौं । रुरु जलविद्युत परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपीओ बाँडफाड भएको छ । शुक्रबार बिहान बिक्री प्रवन्धक एनएमबी क्यापिटलले रुरु जलविद्युतको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । जसमध्येमा रिट पूर्वक आवेदन परेका मध्येबाट १५ लाख ९० हजार ८९६ जनाको आवेदन सदर भएको थियो । १५ लाख ९० हजार ८९६ जना मध्येबाट ३७ हजार ९१६ आवेदकले ३७ लाख ९ हजार १६७ कित्ता सेयर गोलाप्रथामार्फत पाएका छन् । बाँकी रहेको ७ कित्ता बाँडफाँडका लागि पुनः गोलाप्रथा गर्दा ७ जनाले ११ कित्ता सेयर पाएका छन् । रित पूर्वक आवेदन दिएका मध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । कम्पनीले यस अघि गत फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ । कम्पनीले हुग्दी खोलमा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पन गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ ।