सेयर किन्छु मात्रै बेच्ने गर्या छैनः चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आफुले सेयर खरिद मात्रै गर्ने तर नबेच्ने बताएका छन् । हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गर्ने प्राथमिक सेयर (आईपीओ) भर्ने मात्र तर सेयर बेच्ने नगरेको उनले बताएका हुन् । उनका अनुसार हालसम्म विभिन्न कम्पनीहरुले सार्वजनिक गरेको प्राथमिक सेयर, हकप्रद सेयरमा लगानी गरेको भएपनि खरिद बिक्रीमा त्यतिधेरै सक्रिय छैनन् । ‘सेयरमा कारोबार गर्नको लागि मैले एउटा पोर्टफोलियो म्यानेज्मेन्ट सर्भिससँग सम्झौता गरेको छु, उनीहरु आफै सेयर सार्वजनिक भएको समयमा भरिदिन्छन्, हालसम्म बेचेको भने छैन, उनीहरुसँग दुई/दुई वर्षमा सम्झौता हुन्छ हुन्छ,’ उनले भने,‘ तर त्यसको ग्रोथ भने मलाई बेलाबेलामा भनिरहेका हुन्छन्,त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’ सेयर किन्ने बेच्ने समय नभएर नै सक्रिय रुपमा त्यसमा नलागेर अरुलाई नै जिम्मा दिएको उनी बताउँछन् । ‘अब त झन चेम्बरको नेतृत्व मेरो काँधमा आएको छ, अब चेम्बरलाई नै समय दिन्छु, यस संस्थागत विकास र सबै उद्योगी व्यवसायीहरुका समस्या बुझ्ने काम गर्छु, समाज सेवा त छदैँछ,’ उनले भने । सम्बन्धित सामग्री ‘व्यापारले हात्ती पाल्छ, जागिरले श्रीमती पनि पाल्न सकिदैन’
हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै एक्सेल डेभलपमेन्ट बैंक, बिक्री प्रबन्धकमा एनआईबिएल एस
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । विकास बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । विकास बैंकको गत असार १४ गते सम्पन्न चौधौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको थियो । यससँगै संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय काठमाडौंको लाजिम्पाटमा रहेको छ ।
अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर
काठमाडौं । अब दोश्रो बजारका लगानीकर्ताले मोबाइलबाटै सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले मोबाइल एपलिकेशनसहितको यो प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका हुन् । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकर्स एशोसियशन अफ नेपालले सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने बताएको छ । साथै, संस्थाले नयाँ कारोबार प्रणाली (टीएमएस) ल्याउने प्रकृया अगाडि बढाएको छ । एशोसिएशनले संयुक्त पहलमा दशभन्दाबढी राष्ट्र राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली ल्याउने सम्झौतागरि उक्त प्रणाली लोकरलाईजेशन/कष्टोमाईजेशन गर्ने काम तीर्व गतिमा अघि बढेको बताएको छ । कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न संस्थाले नयाँ प्रणाली ल्याउन लागेको हो । मल्टी एसेट, मल्टी एक्स्चेञ्ज ट्रेडिङ्ग प्लायटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एपलिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने संस्थाको विश्वास रहेको छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्याङ्कहरु राखिने छन् । त्यस्तै, लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएशनले जनाएको छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अडर, अल्गोरिदमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ्ग जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न सहज हुने संस्थाले जानकारी गराएको छ ।