अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न डाक्यो एजीएम

काठमाडौं । अजोड इन्स्योरेन्सले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले एक अर्ब रुपैयाँ चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ बराबरको १ का दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । जुन प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्दै छ । कम्पनीको आगामी अर्थात तेश्रो वार्षिक साधारणसभा २०७८ साल बैशाख ७ गते मंगलबार बस्दै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वर स्थित अमन हल तेश्रो तल्लाको युनाइटेड वल्ड ट्रेड सेन्टरमा बस्दै छ । त्यस्तै, सभाले समूह ख अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा २ जनालाई निर्वाचित गर्दै छ । यससँगै सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज हुने छ ।

बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । चैत १७ गते मंगलबार मात्रै महिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको हो । जसमध्ये मिथिला लघुवित्तको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । प्रतिकित्ता १८३९ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६४२ रुपैयाँमा झरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ८४३ रुपैयाँमा भएको थियो । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । प्रतिकित्ता १७५ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६९ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा लघुवित्तसहित चार कम्पनीको सेयर सूचीकृत, सबैभन्दा बढी बोनस सेयर

काठमाडौं । सोमबार नेप्सेमा विभिन्न चार संस्थाको सेयर सूचीकृत भएको छ । चैत १६ गते एकैदिन दुई लघुवित्त र दुई विकास बैंकको बोनस र हकप्रद गरी कूल २८ लाख ४६ हजार ३१ कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये सबैभन्दा बढी बाेनस सेयर सूचीकृत भएकाे छ । त्यसमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत र एनएमबि लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यी दुई संस्थाको क्रमशः ६ लाख ४ हजार ३७० कित्ता र ८ लाख ६१ हजार ८७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, पोखरा फाइनान्सको ५ प्रतिशत अर्थात ४ लाख ५८ हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, साहरा विकास बैंकको भने हकप्रद सेयर सूचीकृत भएको हो । संस्थाको ९ लाख २१ हजार १४८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । यससँगै यी कम्पनीको सेयर केहि दिनमै सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।