नागरिक स्टक डिलरको रोजाईमा मेगा बैंक
काठमाडौं । नागरिक स्टक डिलरले आइतबार पौने ४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरको छ । कम्पनीले एकैदिन विभिन्न कम्पनीको ३ करोड ७४ लाख ११ हजार ६१३ रुपैयाँ बराबरको सेयर खरिद गरेको हो । गत चैत १६ गते सोमबारदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको स्टक डिलरले सबैभन्दा बढी वाणिज्य बैंकको सेयर खरिद गरको छ । बजार प्रवेश गरेको शुरुवाती केही दिनमा सामान्य रकमको सेयर खरिद गरेको डिलरले पछिल्ला केही दिनमा भने सेयर खरिद रकम बढाएको छ । यो अवधिमा डिलरले गत साताको पछिल्लो कारोबार दिन अर्थात चैत १९ गते बिहीबार भने सेयर खरिद आक्रामक रुपमा बढाएको थियो । डिलरले उक्त एकदिनमा कूल ५ करोड ७२ लाख ५३ हजार ६५६ रुपैयाँ बराबरको सेयर खरिद गरेको थियो । संस्थाले सो दिन पनि अधिकांश वाणिज्य बैंकसहित विभिन्न कम्पनीको गरी एक लाख ५२ हजार ७६४ कित्ता सेयर किनेको थियो । त्यसअघि डिलरले सो रकम बराबरको सेयर खरिद गरेको थियो । त्यस्तै, गत बिहीबारको तुलनामा आज(चैत २२ गते) आइतबार भने डिलरको सेयर खरिद रकम घटेको छ । बिहीबार पौने ६ करोडको सेयर खरिद गरको डिलरले आज भने जम्मा पौने ४ करोड रुपैयाँ बराबरको सेयर किनेको नेप्सेको फ्लोरसिटमा देखिन्छ । आइतबार कम्पनीले विभिन्न १७ कम्पनीको कूल एक लाख ५ हजार ८६४ कित्ता सेयर खरिद गरेको छ । जसमध्ये अधिकांश वाणिज्य बैंकको रहेको छ । डिलरले १४ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एक लघुवित्तको गरी दोश्रो बजारबाट एकैदिन १ लाख बढी कित्ता सेयर किनेको हो । १४ वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंककाे सेयर खरिद(आइतबार कसको कति ?) आइतबार डिलरकाे राेजाइमा मेगा बैंक नेपाल परेकाे छ । उसले एकैदिन बैंककाे ७७ लाख रुपैयाँ बराबरकाे सेयर खरिद गरेकाे छ । जुन अन्य कम्पनीकाे तुलनामा बढी हाे । कूल ७७ लाख ४८ हजार ५६५ रुपैयाँ बराबरको लगानी गरेकाे डिलरले बैंकको २५ सय कित्ता सेयर प्रतिकित्ता ३०९ देखि ३१२ रुपैयाँमा किनेको हो । डिलरले आइतबार मात्रै सिद्धार्थ बैंकमा ५५ लाख ८९ हजार ८६० रुपैयाँ लगानी गरेको छ । डिलरले बैंकको १३ हजार कित्ता सेयर प्रतिकित्ता ४२९ रुपैयाँदेखि अधिकतम ४३० रुपैयाँमा किनेको हो । नेपाल एसबिआई बैंकको ८ हजार कित्ता सेयर ३३ लाख ५९ हजार ८९४ रुपैयाँमा खरिद गरेको छ । डिलरले न्युनतम ४१९ रुपैयाँदेखि अधिकतम ४२० रुपैयाँमा बैंककोे सो परिणामको सेयर किनेको हो । सिभिल बैंकको ३२ लाख ८६ हजार रुपैयाँ बराबरको १४ हजार कित्ता सेयर किनेको छ । डिलरले प्रतिकित्ता २३४ रुपैयाँदेखि २३५ रुपैयाँमा कम्पनीको उक्त सेयर खरिद गरेको हो । डिलरले आइतबार मात्रै हिमालयन बैंकको २४ लाख ७४ हजार ४२४ रुपैयाँ बराबरको सेयर खरिद गरेको छ । डिलरले प्रतिकित्ता ५०६ रुपैयाँदेखि ५०८ रुपैयाँको रेञ्जमा बैंकको ४ हजार ८८२ कित्ता सेयर किनेको हो । डिलरले प्रभु बैंकको सेयरमा पनि २३ लाख ४ हजार ५६७ रुपैयाँ लगानी गरेको छ । जसले प्रतिकित्ता ४६० र ४६१ रुपैयाँमा बैंकको ५ हजार कित्ता सेयर उठाएको हो । सानिमा बैंकको पनि ५ हजार ४९६ कित्ता सेयर डिलरले किनेको छ । डिलरले आइतबार मात्रै प्रतिकित्ता ३७६ रुपैयाँदेखि ३७७ रुपैयाँमा संस्थाको सो परिणामको सेयर किनेको हो । यससँगै कम्पनीको सेयरमा डिलरले एकैदिन २० लाख ७१ हजार ७२६ रुपैयाँ बराबरको लगानी गरेको छ । आइतबार मात्रै डिलरले लक्ष्मी बैंककाे सेयरमा १२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । डिलरले प्रतिकित्ता ३०० रुपैयाँमा बैंकको ४ हजार कित्ता सेयर किनेकाे हाे। त्यस्तै, बैंक अफ काठमाण्डूको ५ हजार १६० कित्ता सेयर १६ लाख २५ हजार ४०० रुपैयाँमा किनेको छ । डिलरले प्रतिकित्ता ३१५ रुपैयाँमा बैंकको सो मात्राको सेयर उठाएको हो । एभरेष्ट बैंकको १२२६ कित्ता सेयरमा ९ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ । उक्त सेयर डिलरले प्रतिकित्ता ७४३ रुपैयाँदेखि ७४४ रुपैयाँसम्ममा किनेको हो । डिलरले आइतबार मात्रै माछापुच्छ्रे बैंकको २५०० कित्ता सेयर ७ लाख ८६ हजार ६०५ रुपैयाँमा खरिद गरेको छ । डिलरले न्युनतम ३१३ रुपैयाँ र अधिकतम ३१५ रुपैयाँमा बैंकको सो मात्राको सेयर खरिद गरेको हो । त्यसैगरी, सिटिजन्स बैंकको सेयरमा ७ लाख ८४ हजार ७११ रुपैयाँ बराबरको लगानी गरेको छ । डिलरले प्रतिकित्ता ३१२ रुपैयाँदेखि प्रतिकित्ता ३१४ रुपैयाँमा बैंकको २५०० कित्ता सेयर खरिद गरेको हो । सेञ्चुरी कमर्शियल बैंकको २६०० कित्ता सेयर ६ लाख ५७ हजार ८ सय रुपैयाँका किनेको छ । डिलरले प्रतिकित्ता २५३ रुपैयाँमा बैंकको सो मात्राको सेयर खरिद गरेको हो । त्यसैगरी, सनराइज बैंकको २ हजार कित्ता सेयर प्रतिकित्ता ३१७ रुपैयाँमा किनेको छ । यससँगै आइतबार मात्रै डिलरले बैंकको सेयरमा ६ लाख ३४ हजार रुपैयाँ लगानी गरेको छ । दुई विकास बैंककाे २१ लाख ५७ हजार कित्ता खरिद ज्योति विकास बैंकको ८ हजार कित्ता सेयर किनबेच भएको छ । डिलरले एकैदिन ज्योति विकास बैंकको १८ लाख ८७ हजार २७९ रुपैयाँ बराबरको सेयर खरिद गरेकाे छ । बैंकको न्युनतम २३६ रुपैयाँ र अधिकतम २३६ रुपैयाँमा ८ हजार कित्ता सेयर किनबेच गरेको हो । शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको एक हजार कित्ता सेयर प्रतिकित्ता २७० रुपैयाँमा किनेको छ । डिलरले बैंकको २ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद गरेको हो । एक लघुवित्तकाे १५०० कित्ता आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १८ लाख १८ हजार ७६४ रुपैयाँको सेयर किनेको छ । डिलरले न्युनतम १२०८ रुपैयाँदेखि अधिकतम १२१४ रुपैयाँको रेञ्जमा संस्थाको १५०० कित्ता सेयर खरिद गरेको हो ।
रु रु जलविद्युतको आईपीओ अपडेटः तीन दिनमै ३५.९८ गुणा बढी आवेदन
काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा ३५.९८ गुणा बढी आवेदन परेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार ४ बजेसम्ममा साे मात्राकाे आवेदन परेकाे हाे । क्यापिटलका अनुसार चैत २२ गते आइतबार साँझ ४ बजेर १७ मिनेटसम्ममा ९ लाख ३५ हजार ४८७ जना आवेदकले संस्थाको एक करोड ३६ लाख ४५ हजार ६७० कित्ता सेयर माग गरेका क्यापिटलले जनाएको छ । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ३५.९८ गुणा बढी आवेदन हो । कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो र सर्वसाधारणले उक्त सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । सेयर खरिदका लागि इच्छुक सर्वसाधारणले आजदेखि आगामी चैत २४ गतेसम्ममा आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।
समता लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । चैत १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरबिबि मर्चेन्टलाई सेयर रष्ट्रिारमा नियुक्त गरेको हो । यससँगै आरबिबि मर्चेन्टले सो दिनदेखि लागू हुने गरी आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।