बुटवल पावर कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । बुटवल पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत अर्थात २६ लाख ७४ हजार ७८७ कित्ता बोनस सेयर आज(चैत ९ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बुद्धनगरमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सोमबार (चैत ९ गते) कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३९६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको बजार पुँजीकरण ११ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ । थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

प्रभु क्यापिटलले सुरु गर्यो सेयर बजार सम्बन्धी तालिम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सेयर बजार सम्बन्धी ज्ञान दिन तीन दिने आधारभुत तालिमको सुरुवात गरेको छ । क्यापिटकले प्लाटिनम कलेजमा विविए संकायमा अध्यनरत विद्यार्थीका लागि उक्त तालिम सञ्चालन गरेको हो । १० गतेसम्म चल्ने उक्त तालिम अन्तरगत पहिलो दिन नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा सहजीकरण गरिएको क्यापिटकले जनाएको छ । यसैगरी तीन दिने तालिममा लगानी रणनीति तथा जोखिम व्यवस्थापन र आधारभुत तथा प्राविधिक विश्लेषणको बारेमा जानकारी दिईनेछ । उक्त तालिममा कलेजका ६० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको छ । क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेयर सचेतना अभिवृद्धिकालागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा तालिम कार्यक्रम सञ्चालन आएको छ । यसैगरी क्यापिटकले चैत ६ गते मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको थियो । उक्त तालिममा २० जनाको सहभागीता रहेको थियो ।