सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेकाे प्राथमिक सेयर (आईपीओ)मा लगानी गरेकाे तीन महिनाभित्रै लगानीकर्ताले ३५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आज (चैत ४ गते) बुधबार बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएकाे हाे । कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ । बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ ताेकिएकाे छ । तर, अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने छ । कम्पनीका अनुसार सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने छ । कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । त्यस्तै, सह बिक्री प्रबन्धकमा पनि दुई क्यापिटल (एनआईबिएल एस र प्रभु)लाई नियुक्त गरेको हो । नेपालको इतिहासमै पहिलो पटक कम्पनीले नयाँ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीकाे चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेकाे छ । उक्त सेयर निष्काशन गर्ने प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुर्याएको छ । सम्भवतः कम्पनीले चैत महिना भित्रै सेयर जारी गर्ने छ । सम्बन्धित समाचार सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु  सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, सहप्रबन्धकमा एनआईबिएल एस र प्रभु 

काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आज(चैत ४ गते) एक कार्यक्रमबीच बिक्री प्रबन्धकमा ग्लोबल आईएमईलाई नियुक्त गरेको हो । त्यस्तै, कम्पनीले सह बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्ने पाउनेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने भएकाे हाे । सर्वोत्तमले ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको हो । ६० लाख कित्ता सेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नेछन् भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । यस सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपीओ जारी गर्न लागेको छ । अहिलेसम्म प्रतिकित्ता अंकित मूल्य (सामान्यतः प्रतिकित्ता सय रुपैयाँ) मा र प्रिमियम मूल्यमा आइपिओ जारी हुँदै आएकोमा सर्वाेत्तमले भने बुक विल्डिङ प्रक्रियाबाट आइपीओ जारी गर्न लागेको हो । सम्बन्धित समाचार सर्वाेत्तम सिमेन्टले ल्याउने बुक विल्डिङ प्रक्रियाको आइपिओ के हो ? कति कित्ता किन्नुपर्छ ?

चिरख्वा हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट नियुक्त

काठमाडौं । चिरख्वा हाईड्रो पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो । सो सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरको तर्फबाट संचालक केदार नाथ कार्की र आरबिबि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । भोजपुर जिल्ला षडानन्द नगरपालिकास्थित ४.७ मेगावाटको चिरख्वा हाईड्रोले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।