सिभिल लघुवित्तको प्रस्तावित लाभांश पारित, सञ्चालकमा सुनिता आचार्य निर्वाचित

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश पाउने छन् । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ५५ ओटा शाखा कार्यालयहरु मार्फत २९ ओटा जिल्लाहरुमा ४४ हजार भन्दा बढि सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरी करिब २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ । साथै, निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

सिँगटी हाइड्रोको आईपीओ खुल्यो, यस्तो छ कम्पनी

काठमाडौं । सिँगडी हाइड्रो इनर्जीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ निष्काशन गरेको छ । कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणले आईपीओ भर्न पाउने किसिमले निष्काशन गरेको हो । गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४५ करोड रुपैयाँमध्ये १० प्रतिशत अर्थात १४ करोड पचास लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले १४ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको अति प्रभावितक्षेत्र बिगु र कालिन्चोक गाँउपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको छ । बाँकी २० प्रतिशत अर्थात् २९ करोड बराबरको २९ लाख कित्ता साधारण शेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता साधारण शेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ । २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणहरुको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिएको बताएको छ । कम्पनीको आईपीओमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले केयर एनपी डबल बीको रेटिङ पाएको छ । आयोजनाको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावट २२ करोड रुपैयाँ लागत रहेको छ । कम्पनीले नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने योजना बनाएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तको २७% लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध

काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गतेसम्म संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको २७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश पाउने भएका छन् । यससँगै २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बढेर ३१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । साथै, सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितीका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । चालु आ.व. २०७७।०७८ को हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड रुपैयाँ तथा बचत १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीसंकलन गर्न सफल भएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा वित्तीय पहुँच पुर्याउने, आधुनिक प्रविधिमैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा विशेष जोड दिने जस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।