हिमालयन बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । हिमालयन बैंकको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै एक करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
नेप्से परिसुचक ४६ अंकले घट्यो, १५२ कम्पनीको सेयर मूल्य ओह्रालो
काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक करिब ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसुचक ४५.८७ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर २७ मिनेट जाँदा) सुचिकृतमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयरमूल्य परिवर्तन भएको छैन भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । घटेको बजारमा पनि चन्द्रागिरी हिल्स (९.९५ प्रतिशत), अपर तामाकोशी (९.८५ प्रतिशत), घलेम्दी हाइड्रो (९.७२ प्रतिशत) र पन्चकन्या माई हाइड्रोको सेयर मूल्य भने बढेको छ । नेप्सेका अनुसार अहिले चन्द्रागिरी हिल्सको ६ लाख ६८ हजार ७४३ कित्ता, नेसनल हाइड्रोपावरको ३ लाख ८४ हजार ८०६ कित्ता, अरुणभ्याली हाइड्रोपावरको ३ लाख २७ हजार ९२८ कित्ता र नेपाल इन्फ्रास्टक्चर बैंकको २ लाख १० हजार ७९७ कित्ता सेयरको माग छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको चैत १७ गते बुक क्लोज
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको आगामी चैत १७ गते बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त एकदिन बुक क्लोज हुन लागेको हो । फागुन २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी चैत २८ गते शनिबार बस्दै छ । यससँगै चैत १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित ५.१० प्रतिशत लाभांश तथा सभामा भाग लिन पाउने छन् । गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?