नेप्सेमा करिब साढे ३ करोड कित्ता बोनस सेयर सूचीकृत, सबैभन्दा बढी नबिल बैंकको

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कूल ३ करोड ४६ लाख ८३ हजार ११६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन २६ गते) नबिल बैंक र अरुण काबेली पावरको गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै, अरुण काबेलीको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै यी दुई कम्पनीको सो मात्राको सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ । सम्बन्धित समाचार नबिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश, बाेनस मात्रै ३३ प्रतिशत बढी नबिल बैंकको ३५ प्रतिशत लाभांश पारित, सञ्चालकमा पौड्याल र टिवडेवाला निर्वाचित

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई संस्थाको एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै, एक आपसमा मर्ज भएका यी दुई संस्थाको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । एक आपसमा मर्ज हुन गत साउन ३२ गते समझदारी गरेका यी दुई संस्थाले गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हुन् । त्यसपछि दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर) का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।

बोनसपछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २०५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २६२२ रुपैयाँ तोकिएको छ ।