सबैको लघुवित्त सभामा जाँदै, कहिलेसम्मका सेयरधनीले पाउछन् लाभांश ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था आगामी चैत १४ गते वार्षिक साधारणसभामा जाँदै छ । फागुन १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थाको चौथो सभा सो दिन बस्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते देखि चैत १४ गतेसम्म बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु संस्थाको सभामा सहभागी हुन पाउने छन् । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै फागुन २७ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ नाघ्ने छ । सम्बन्धित समाचार सबैको लघुवित्तको लाभांश घोषणा, बोनस कति ?
सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, मर्ज तथा प्राप्तिको लागि अख्तियारी दिने
काठमाडौं । सिन्धु विकास बैंकले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको छ । विकास बैंकले सो दिन बिहान १०ः३० बजे काभ्रेपलाञ्चोकको बनेपास्थित आगन्तुक रिसोर्टमा आफ्नो ११औं वार्षिक साधारणसभा अनलाईन(भर्च्युअल माध्यम)बाट गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते शुक्रबार एकदिन बुक क्लोज हुने छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु विकास बैंकको सभामा भाग लिन पाउने छन् । सभाले गत आवको वासलात, नाफा नोक्सान, नगद प्रबाह विवरण, तथा अनुसुचीहरु छलफल गरी पारित गर्ने छ । त्यस्त, सभाले चालु आवको लेखापरिक्षण गर्नको लागि बाह्य लेखापरिक्षक नियुक्ति गरि, निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । त्यसैगरी, विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गर्दै छ ।
बोनस पछि ३० प्रतिशत हकप्रद जारी गर्दै शिखर इन्स्योरेन्स, सर्वसाधारणको हिस्सा ९ प्रतिशतले बढाउने
काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बोनस सेयर पछि कायम हुने चुक्ता पँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई २०७७ असार मसान्तसम्म कायम सेयर पुँजीमा ३६.१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । त्यसैगरी, बोनस पश्चात कायम हुने चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव अगामी वार्षिक साधारणसभामा पेश गरेको छ । कम्पनीको एकैपटक दुई वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले १५औ तथा १६औं वार्षिक साधारणसभा आगामी चैत ९ गते सोमबार बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय शिखर बीज सेन्टर थापाथलीमा हुने भएको छ । सभामा जार्ने प्रयोजनको लागि आगामी फागुन २६ गतेदेखि चैत ९ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । यससँगै फागुन २५ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने छन् । साथै, सभाले प्रस्तावित बोनस सेयरको कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले अधिकृत पुँजी बढाएर ४ अर्ब रुपैयाँ पुर्याउँदै छ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ संचालक निर्वाचित गर्दै छ ।