‘निफ्राको सेयरलाई हतियार बनाएर खेलवाड गरियो, दैनिक करोडौंको क्षति व्यहोर्नु पर्छ’
काठमाडाैं । बुधबारकाे सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरलाई हतियार बनाएर खेलवाड गरिएकाे लगानीकर्ताकाे आराेप रहेकाे छ । लगानीकर्ता सम्वद्ध विभिन्न ५ वटा संघ संघठनले बुधबार एक विज्ञप्ति जारी गर्दै बुधबारकाे काराेबारमा अचानक निफ्राकाे सेयरलाई हतियार बनाएर परिसूचक र लगानीकर्ताको मनोविज्ञानमा खेलवाड गरिएकाे आराेप लगाएका हुन् । बुधबार निफ्राको सेयरको कारोबारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणाम देखिएकाेले पुँजीबजार सञ्चालक निकायप्रति लगानीकर्ताकाे विश्वसनीयतामा गुमेकाे छ । र, लगानीकर्ताकाे लगानी तथा सम्पत्ति असुरक्षित भएकाे उनीहरूकाे भनाइ छ । ‘२०७५ सालमा सञ्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज २०७७ साल फागुन १२ गते निफ्राको सेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसूचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानीकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सञ्चालक निकाय प्रतिको लगानिकर्ताको विश्वसनीयतामा नराम्रो धक्का लागेको र हाम्रो (सम्पत्ति) सेयरको असुरक्षा भएको व्यहोरा सम्वन्धित निकायमा जानकारी गराउन चाहान्छौं’, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूह गरि ५ वटै संस्थाका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएकाे छ । बुधबार निफ्राकाे काराेबारमा के भएकाे थियाे ? पुँजीबजारमा भर्खर सर्वसाधारण जनताको चासो र विश्वास बढ्दै गरेको, देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्षमा आज अचानक लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गरिएकाे भन्दै उनीहरूले आक्राेश पाेखेका छन् । लगानीकर्ताकाे मनाेविज्ञानसँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति, संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधिलाई लगानीकर्ताले कति समयसम्म सहेर बस्ने हो ? यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकायबाट लगानीकर्ताले कहिले गर्न पाउने हो ? जस्ता प्रश्नकाे उत्तर यथासिघ्र सम्बोधन र समस्याको समाधान गर्न लगानीकर्ताले सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत आग्रह गरेका छन् । स्थगित भएको निफ्राको सेयर कारोबार पुनः शुरु, मूल्य ९.९३ प्रतिशतले घट्यो ‘नेपालको पुँजीबजार सञ्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्थाबाट यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सञ्चालन गर्दै आएका र हामीले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित भएर पुँजीबजार सञ्चालन गरिरहेका छन् भन्ने बुधबारको सेयर कारोबार गर्ने नेपालको पुँजीबजारमा उत्पन्न भएको परिघटनाले पुनः पुष्टि गरेको छ । हामी पुँजीबजारमा कारोबार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले बारम्बार गुनासो गर्दै आएको टीएमएस, नेप्सेकाे वेवसाइटको समस्या, मेराे सेयरको समस्या त्यसमा पनि अनलाईन कारोबार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये इडीआइएसको मुख्य समस्याले गर्दा क्लाेज आउटमा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको छ ।’ देशको अर्थतन्त्रको ऐना मानिने नेपालकाे पुँजीबजारमा ३५ खर्ब रूपैयाँ भन्दा माथी पुँजीकरण रहेकेा छ । साथै, सीडीएससीकाे तथ्याङ्क अनुसार फागुन १२ गतेसम्ममा २९ लाख २५ हजार ८ सय ९७ ले हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोबार गरिरहेका छन् । त्यस्तै, सक्रिय लगानिकर्ताहरू साढे ५ लाख बढी पुगिसेकेकाे नेप्सेले जानकारी गराएकाे छ । दोहोरो अंकले बढ्यो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको सेयर सर्किट लेभलमा किनबेच
महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने, कति बजे ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण सेयर(आईपीओ) आगामी फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ । संस्थाको आईपीओ सो दिन बिहान ८ बजे हात्तिसार स्थित रहेकाे नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा हुने भएको हो । लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको सेयर सर्किट लेभलमा किनबेच
काठमाडौं । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार शुरुभएदेखि नै ओरालोको बाटो तय गरेको बजार अन्त्य तिरको समयमा भने संयमित भएको हो । बजार खुलेको केही समयमै बढेर २६२० बिन्दुमा पुगेको बजार त्यसपछिको केही मिनेटमै घटेर २४९८ बिन्दुसम्म झरेको थियो । जुन बुधबारको बजारमा न्युनतम बिन्दु हो । त्यसपछिको कारोबारमा भने परिसूचकलाई टेवा पुगेको छ । र अन्ततः नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशतले बढी हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ४७०.३४ बिन्दुमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा सुधार भएपछि सेयर कारोबार रकममा भने गिरावट देखिएको छ । मंगलबार ८ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ६ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबारमा गडबड भई केही समय कारोबार स्थगित भएपछि त्यसको असर कारोबार रकममा परेको हो । बुधबार २०४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा निफ्रा रहेको छ । कारोबार स्थिगित भएर खुलेको बजारमा पनि बैंकको ५५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबारको बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबारको तुलनामा कम्पनीको सेयर मूल्य १०० रुपैयाँले बढेर प्रतिकित्ता ११ सय रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.९७ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९४ प्रतिशतले बढेर सर्किट लेभलमा सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य ३२ रुपैयाँले बढेर प्रतिकित्ता ३५३ रुपैयाँ पुगेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३४३ रुपैयाँ पुगेको छ । मंगलबार जस्तै बुधबारको बजारमा पनि बैंकको सेयर मूल्य घटेको छ । सो दिन बैंकको सेयर मूल्य ५.३९ प्रतिशतले घटेर प्रतिकित्ता ५६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनमा ३२ रुपैयाँले घटी हो ।