सारथी नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संचित नाफाबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशत नगद गरी कूल ९.५८९४ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छ । पारित लाभांश मर्जरपछि कायम रहेका सेयरधनीले पाउने संस्थाले जनाएका छन् । मर्जर पश्चात संस्थाको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ कायम भएको थियो । त्यसको ९.११ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ ।
स्पर्श लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा दुई संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज मंगलबार मात्रै स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात एक लाख ८२ हजार ८०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, आईसीएफसी फाइनान्सको १०.५० प्रतिशत बोनस नेप्सेमा थपिएको छ । संस्थाको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै यी दुई संस्थाको सो मात्राको बोनस सेयर अबको केही दिनमा सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, त्यसपछि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् ।
निफ्राको सेयर बेच्नेको ओइरो लाग्दा किन्ने कोहि भएनन्
काठमाडौं । मंगलबारको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर बेच्ने लगानीकर्ताको ओइरो लागेको छ । गत सोमबार अर्थात फागुन १० गतेसम्म बैंकको सेयर किन्नेको ओइरो लागेको बजारमा मंगलबार भने एकाएक बेच्नेको ओइरो लागेको छ । यो समाचार तयार पार्दासम्म बैंकको १० लाख ५ हजार २२० कित्ता सेयर बिक्री अडरमा रहेको छ भने उता खरिद अडर भने शून्य रहेको छ । यसको मतलब बैंकको सेयर किन्न इच्छुक कोहि पनि रहेका छैनन् । यो अवधिमा बैंकको सेयर न्युनतम प्रतिकित्ता ५९५ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ५९९ रुपैयाँसम्ममा बेच्न लगानीकर्ता इच्छुक रहेका छन् । बैंककाे मार्केट देप्थ त्यस्तै, मंगलबारकाे बजारमा सबैभन्दा बढी सम्पत्ति गुमाउनेकाे अग्रस्थानमा निफ्राकै लगानीकर्ता रहेका छन् । त्यस्तै, बढी काराेबार हुनेकाे अग्रस्थानमा पनि निफ्रा नै अगाडि रहेकाे छ । याे समाचार तयार पार्दासम्म बैंककाे ७० कराेड रूपैयाँ बढीकाे सेयर काराेबार भइसकेकाे छ । यसअवधिमा १० हजार ७७ पटकको कारोबारमा बैंकको १० लाख १६ हजार कित्ता सेयर खरिद बिक्री भइसकेका छन् । बैंकको सेयर दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर उकालो लागिरहेको थियो । तर, मंगलबारको बजारमा भने बैंकको सेयर मूल्य एकाएक १० प्रतिशतले घटेको छ । निरन्तर बढेर प्रतिकित्ता ६६० रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६६ रुपैयाँले घटी हो । निफ्राले हालै मात्र नेपाली पुँजीबजारकाे इतिहासमै सबैभन्दा ठूलाे आकारकाे आईपीओ सर्वसाधारणमा जारी गरेकाे थियाे । ८ अर्ब रूपैयाँ बराबरकाे सेयर जारी गरेकाे बैंकले सर्वसाधारणमा बाँडफाँड गरि गत फागुन २ गतेदेखि दाेश्राे बजारमा सेयर काराेबार शुरू गरेकाे थियाे । काराेबार शुरू भएकाे पहिलाे दिनमै बैंककाे सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रूपैयाँ पुगेकाे थियाे । त्यसयता कम्पनीकाे सेयर दैनिक सकारात्मक सर्किट लेभलमै काराेबार भइरहेकाे थियाे । तर, आज एकाएक बैंककाे सेयर मूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेकाे छ ।