बेनेलीकाे नयाँ माेडल १८०एस लञ्च हुँदै, माघ २८ गते टेष्ट ड्राइभ गरिने
काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ । यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेकाे छ । जहाँ कम्पनीकाे विभिन्न शोरुमहरु काठमाडाैं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । त्यस्तै, जति सहभागी चालकले मोटरसाइकल चढेर परीक्षण गरेका हुन्छन्, उनीहरूले आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे बारेमा बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।
सेयर बजार साढे ३ बजेसम्म खुल्ने
काठमाडौं । आज (मंगलबार) को सेयर बजार दिउँसो साढे ३ बजेसम्म खुल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एक सूचना जारी गर्दै मंगलबारको बजार दिउँसो ३ बजेर ३५ मिनेटसम्म खुला हुने बताएको हो । नियमित ३ बजेसम्म खुल्ला हुने बजार आज भने थप ३५ मिनेट बढी खुला हुने भएकाे हाे । कारोबार अवधिको समयमा सबै ब्रोकरको ट्रेडिङ्ग सिष्टममा ३५ मिनेट समस्या देखिएकोले कारोबारको समय थप गरिएको नेप्सले जनाएको छ ।
आरएमडीसी लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(माघ २७ गते) १५ प्रतिशत अर्थात १३ लाख ४८ हजार ९८५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, केही दिनपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । गत मंसिर २२ गते सम्पन्न संस्थाकाे वार्षिक साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेकाे थियाे । सम्बन्धित समाचार आरएमडीसी लघुवित्तका सेयरधनीले २० प्रतिशत लाभांश पाउने निश्चित