प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुल्ला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बिक्री आज(मंसिर २९ गते)देखि खुला भएकाे छ । कम्पनीले आजदेखि प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गरेकाे हाे । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरीे र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यो अवधिभित्र सबै आईपीओ बिक्री नभएमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको कम्पनीले जानकारी गराएको छ । इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मकाे सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।

चन्द्रागिरी हिल्सको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) हालसम्म ७ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २८ गते आइतबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार २८ हजार आवेदकले ७ लाख ४२ हजार ६८० कित्ता सेयरको लागि आवेदन परिसकेको छ । कम्पनीले सेयर बिक्री खुला गरेको ११ दिनको अवधिमा सो मात्राको आवेदन परेको हो । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित इच्छुक स्थानीयले आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भोलिदेखि भर्न पाइने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि(मंसिर २९ गते)देखि भर्न पाइने भएको छ । कम्पनीले भोलिदेखि ६० लाख कित्ता बराबरको ६० करोडको सेयर बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले उक्त सेयरमा आवेदन दिन सक्ने भएका हुन् । इन्स्योरेन्सले प्रतिसेयर एक सय अंकित दरको ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । जसमध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता सेयर सुरक्षित गरीे र ३ लाख कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई बाँडफाँड गरिएको र बाँकी रहेको ५४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब ४० कराेड रूपैयाँ रहेकाे छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब रुपैयाँ पुग्नेछ ।