माउन्टेन इनर्जी आईपीओ बाँडफाँडः भाग्यमानी पाँच जनाले पाए ११ कित्ता सेयर
काठमाडाैं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपीओको आज बुधबार (मंसिर १७ गते) बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार उक्त सेयरको बाँडफाँड आज बिहान १० बजे सेयर डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा भएकाे हाे । यससँगै बिक्री प्रबन्धक क्यापिटलका अनुसार याेग्य आवेदकमध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । र, बाँकी ४ लाख ६८ हजार ५४९ जना आवेदकको भने हात खाली भएको छ । कम्पनीको आईपीओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । बाँकी ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका हुन् । त्यस्तै गोलाप्रथाबाट बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर थप ५ जना आवेदकलाई एक एक कित्ताको दरले बाँडफाँड गरिएको छ । उक्त सेयर न्युनतम २० कित्ताभन्दा बढी आवेदन गरेका भाग्यमानी ५ जना आवेदकले पाएका छन् । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।
चन्द्रागिरी हिल्सको आईपीओ खुल्याे, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (मंसिर १७ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
माउन्टेन इनर्जीकाे आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आज(मंसिर १७ गते) बिहान १० बजे बाँडफाँड हुँदै छ । निष्काशन तथा बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार उक्त सेयरको बाँडफाँड डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा हुने भएकाे हाे । कम्पनीले गत कार्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म निष्काशन गरेको आईपीओमा ७.६१ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार कुल ६ लाख ७४ हजार जना आवेदकले १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । जबकी कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुनाले कम्पनीले गोलाप्रथाद्वारा बाँडफाँड गर्ने छ । कुल आवेदकमध्ये ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी ४ लाख ९० हजार ९७३ जना आवेदकको भने हात खाली हुने देखिन्छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन खुला गरेको हो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको कम्पनीले जानकारी गराएको छ । यससँगै, सर्वसाधारणले बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरको लागि आवेदन दिन पाउने व्यवस्था थियाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन् । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि कूल १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो ।