लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक सय २६ वटा आवेदनहरु रितपूर्वक नभएकोले रद्द गरिएको छ । बाँकी एक लाख ८८ हजार ३ सय ७३ वटा आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । सो मध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति सेयर पाएका छन् । एक लाख ५१ हजार ८ सय १५ जना आवेदकलाई उनीहरुले माग गरेबमोजिम २२ लाख ८ हजार ८ सय ९० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यसैगरी ४० देखि १५ हजार कित्तासम्म माग गर्ने ३६ हजार ५ सय ९८ जना आवेदकलाई ३० कित्ताका दरले बाँडफाँड गरिएको छ । उनीहरुलाई जम्मा १० लाख ९६ हजार ७ सय ४० कित्ता सेयर बाँडफाँड गरिएको हो । र, यसरी बाँडफाँड गर्दा बाँकी रहेको २ लाख ५६ हजार २ सय कित्ता सेयर ४० देखि १५ हजार कित्ता माग गर्ने आवेदकहरुलाई थप १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ । यससँगै, २५ हजार ६ सय ३० जना आवेदकले कम्पनीको कूल ४० कित्ता सेयर हात पारेका छन् । तीन वटा आयोजना रहेको कम्पनीले निकट भविष्यमा विद्युत् उत्पादन गर्ने र प्रतिवद्धता गरे अनुसारको लाभांश वितरण गर्ने जनाएको छ । सम्बन्धित समाचारः  लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ

लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ

काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त सेयर बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा भइरहेको छ । लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020

समाज लघुवित्तको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भोलि सोमबार(भदौ १५ गते) बाँडफाँड हुने भएको छ । यसअघि शनिबार बाँडफाँड गरिने भनिएको तर प्राविधिक समस्याका कारणले सो दिन गर्न नसकिएकोले भोलि गर्ने निर्णय भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धुर्व तिमल्सिनाले भोलि दिउँसो दुई बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जानकारी गराएका छन् । साथै, क्यापिटलको फेसबुक पेजबाट पनि लाइभ गरिने उनले बताए । संस्थाले गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको छ । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताकाे दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त आईपीओमा परेको आवेदन मध्ये ५ लाख ४७ हजार ३ सय ७० वटा आवेदन योग्य भएका छन् भने बाँकी १६ हजार ७ सय ६८ वटा आवेदन रद्द भएकाे छ । गत भदौ ४ गतेदेखि भदाै ८ गतेसम्म निष्काशन भएकाे उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे छ । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । सम्बन्धित समाचारः ८ हजार ७० जनाले समाज लघुवित्तको आईपीओ पाउने