बैंकहरूकाे ऋणपत्र र पुनर्बीमा कम्पनीको साधारण सेयरमा लगानीकाे अवसर गुमाउँदै लगानीकर्ता
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ हाउसको सफ्टवयर नचल्दा पुँजी बजारका लाखौं लगानीकर्ता पीडित भएका छन् । अनलाईनबाट सेयर किनबेच हुने meroshare.cdsc.com.np आइतबारदेखि नियमित चलेको छैन । सिडिएसको मेरो सेयर नचल्दा साधारण सेयर किन्ने, ऋणपत्र किन्ने, बेचेको सेयर ट्रान्सफर गर्ने कार्यहरु प्रभावित भएको लगानीकर्ता अम्बिका पुडासैनीले बताए । मेरो सेयर नचलेपछि लगानीकर्ताहरुबाट धेरै गुनासो आईरहेको कालिका सेक्युरिटीका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । सेयर बेचेको तीन दिनभित्र मेरो सेयरबाट ट्रान्सफर हुनैपर्छ । ट्रान्सफर ढिला भएमा धेरै जरिवाना हुन्छ । बजार घटेको बेलामा लगानीकर्ताहरु विभिन्न वहाना बनाएर खरिद अडरबाट भाग्न खोज्छन् । यस्तो बेलामा समयमा ट्रान्सफर भएन भने लगानीकर्ता झगडा गर्न आउँने गरेको सेयर ब्रोकर व्यवसायी बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ऋणपत्रहरु नियमित निष्काशन भईरहेका छन् । यस्तो बेलामा सिडिएससीको मेरो सेयर नचल्दा बैंकहरुलाई पनि गाह्रो भएको छ । मंगलबार सिटिजन्स बैंक इन्टरनेशनलको ऋणपत्रमा लगानी गर्ने अन्तिम मिति हो । सर्वसाधारणले आश्वा प्रणालीबाट मात्र यस्तो ऋणपत्रमा लगानी गर्न सक्छन् । ‘मेरो सेयरबाट ऋणपत्रमा लगानी गर्न सकिएन भनेर धेरै लगानीकर्ताले फोन गर्नुभयो । तर हामीले त्यसमा केही गर्न सक्दैनौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने । ‘बैंकको ऋण पत्र लिनुहोस्, यसमा फाइदा छ भनेर हामीले धेरै खर्च गरेर सर्वसाधारणसम्म सूचना पुर्यायौं । तर लगानीकर्ताले आवेदन गर्ने बेलामा सीडिएससीको अनलाईनले काम गरेन भन्ने सुन्दा हामीलाई दुःख लागेको छ’ पोखरेलले भने । लगानीकर्ताले नबिल बैंककाे ऋणपत्रमा पनि लगानी गर्न पाएका छैनन् । विभिन्न कम्पनीहरूकाे हकप्रद सेयर किन्नलाई पनि समस्या भएकाे छ । मंगलबारदेखि नै नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर बिक्री खुला भएको छ । तर सेयर किन्न चाहानेका प्रयास सबै बिफल भएका छन् । पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझिले लगानीकर्ताले अनलाईनबाट सेयर आवेदन गर्न पाइएन भन्ने गुनासो गरेको र आफूले सिडिएस एण्ड क्लियरिङका अध्यक्ष चन्द्रसिंह साउदलाई समस्याबारे जानकारी गराएको बताए । यस विषयमा विकासन्युजले चन्द्रसिंह साउदसँग कुरा गर्न खोज्दा बोल्न मानेनन् । सीडीएसको अफिसका कुनै पनि फोन उठेनन् भने कामू सीईओ कन्चन सापकोटासँग सम्पर्क हुन सकेन । नेप्से र सीडिएसको सफ्टवयर गरिद गर्दा भ्रष्टाचार भएको र कामै नलाग्ने सफ्टवयर प्रयोग गरेकोले बारम्बार समस्या आउने गरेको जानकारहरु बताउँछन् ।
बौरिन थालेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य अब के होला ? (समग्र विश्लेषण)
काठमाडौं । सेयर बजार १६३२ मा पुगेर ओरालो लाग्दै गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यपनि ३ महिनाको अन्तरालमा ८७ प्रतिशतले बढ्यो । सो उच्च तहबाट हाल करीब २७ प्रतिशतले घटेको छ । गत मंगलवार कम्पनीको सेयर मूल्यले घट्ने क्रममा १० प्रतिशत गुमाएर सर्किट ब्रेक नै लाग्यो । कम्पनीमा पछिल्लो समय सुधार देखिन थालेपनि समग्र बजार नै उच्च दरमा घटिरहेकोले कम्पनीको मूल्यमा समेत उच्च कमी आइरहेको छ । निकै लामो समय दुई ठूला लगानीकर्ता राजेन्द्र खेतान र निरञ्जन कुमार टिवडेवालाबीचको द्वन्द्वले समस्यामा पर्दै आएको कम्पनीमा हाल देखिने समस्या छैन । टिवडेवाला समूहले द्वन्द्व अन्त्यकै लागि कम्पनीबाट ठूलो परिणाममा सेयर बिक्री गरेको थियो । यही सेयर किनबेचको क्रममा मूल्य अस्वभाविक रुपमा बढेर २ हजार ५ सय हाराहारी समेत पुगेको थियो । अहिले बजार मूल्य ४ सयभन्दा तल छ । अधिकांश सूचकमा कम्पनी क्षेत्रगत औसतभन्दा तल नै रहेको कम्पनीमा अहिले लगानी गर्न कत्तिको उचित छ ? कम्पनीको समग्र अवस्था कस्तो छ ? यसैमा यो विश्लेषण आधारित हुनेछ । परिचय करीब २६ वर्षअघि एभेरेष्ट इन्स्योरेन्स कम्पनी स्थापना भएको हो । विगतमा नेपालको एक मात्र संस्थापक सेयरधनीरहित कम्पनीको रुपमा रहेको यस कम्पनीले हाल भने हकप्रद जारीसँगै संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गरेको हो । कम्पनीमा कार्यरत कर्मचारी १ सय ७१ र १ सय ११ जना अभिकर्ता छन । लामो समय बीमा समितिले अग्नि बीमामा रोक लगाएको कारण व्यवसायमा खस्कदो अवस्थामा रहेको कम्पनीले हाल भने योसहित इलेक्ट्रोनिक सामग्री, दुर्घटना, स्वास्थ्य खर्च सम्बन्धि बीमालगायतका बिभिन्न योजना सञ्चालन गरिरहेको छ । उपाधी कम्पनीले सन् २००९ मा चार्टर्ड एकाउन्टेन्ट् संघबाट सो वर्षको लागि नेशनल बेस्ट प्रिजेन्टेड अकाउन्ट अवार्ड प्राप्त गरेको छ । सेयर लगानीकर्ता कम्पनीको २०७४/७५ को बार्षिक वित्तीय विवरणअनुसार खेतान, सिकरीया समूहको पकड छ । यी सूमहको कम्पनीमा ४४ प्रतिशत भन्दाबढी सेयर लगानी छ । समूह भित्रपनि खेतान र सिकरिया समूहको लगानी धेरै छ । कम्पनीको अध्यक्षमा लक्ष्मी क्यापिटलका प्रमूख कार्यकारी अधिकृत समेत रहेका राजिव सापकोटा छन् भने प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम छन् । अन्य लगानी कम्पनीले ५८ करोड रुपैयाँ बराबर दीर्घकालिन र अल्पकालिन लगानी छ । कम्पनीले ११ कम्पनीको सेयर तथा इकाइमा लगानी गरेको छ । केहीमा भने बजार मूल्य अंकित मूल्यभन्दा कम आएकोले कम्पनीले प्रावधान समेत राख्नु परेको २०७४÷७५ को वित्तीय विवरणमा उल्लेख छ । लाभांश दर कम्पनीले २०७४/७५ को बार्षिक वित्तीय विवरण हालै मात्र पारित गरेको छ । कम्पनीले सो वर्ष कुनै लाभांश घोषणा गरेको छैन । कम्पनीले ५ वर्षमा दुई वर्ष मात्र लाभांश दिएको छ र यो अवधिको औसत लाभांश १५ प्रतिशत छ । कानुनी तथा नीतिगत प्रक्रिया कम्पनीले आयकरमा आयमा समावेश गरिएको भनिएको ३ करोड ९५ रुपैयाँ (कर्मचारी बोनस, अग्रिम आयकरको फरक, कर्मचारी व्याज आय) मा आन्तरिक राजस्व बिभागमा प्रशासकीय पुनरावलोकनको लागि पहल गरिरहेको छ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण अनुसार समग्र बीमा कम्पनीहरुमा खुद बीमा शुल्क आर्जनको आधारमा एभरेष्ट इन्स्योरेन्स ११ औं स्थानमा छ । खुद नाफाको आधारमा पनि कम्पनी १४ औं स्थानमा छ । कम्पनीको दोस्रो त्रैमाशमा भने नाफा १ सय २६ प्रतिशतले वृद्धि भएर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको एकिकृत आय व्ययबाट ४ करोड २६ लाख रुपैयाँ नाफा नोक्सान हिसाबामा सारिएको छ । यो सँगै बीमा कोष २२ प्रतिशतले वृद्धि भएर २५ करोड रुपैयाँ पुगेको छ र जगेडा कोषमा १६ करोड रुपैयाँ छ । कम्पनीको महाविपत्ती कोषमा रकम छुट्याइएको छैन । नाफाको १० प्रतिशत रका महाविपत्ती कोषमा राख्नु पर्ने व्यवस्था छ । यो कोष जति वृद्धि हुँदै गयो, कम्पनीबाट पुनरबीमाको नाममा बाहिरीने रकममा कटौती गर्न थप सहयोग पुग्दै जानेछ । कम्पनीसँग आफैले दायित्व लिन सक्ने (बीमा शुल्क रिटेन गर्ने) क्षमता बढ्दै जान्छ । वित्तीय विवरणमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अझै ७ कम्पनीले बीमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । पूँजी आधारमा कम्पनी दास्रो स्थानमा छ । जारी भएका बीमा लेखहरुबाट कम्पनीले ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २ हजार ३ सय १४ बीमा लेखको दाबी भुक्तानी गरेको छ । यसमार्फत कम्पनीबाट ९ करोड २५ लाख रुपैयाँ ग्राहकले लगिसकेका छन् । कम्पनीमा परेका दाबी मध्ये भुक्तानी हुन बाँकी १ अर्ब १४ करोड रुपैयाँ बराबरको छ । दाबीको अन्तिम मूल्यांकन पछि कति भुक्तानी दिनुपर्ने वा दिनपर्ने वा नपर्ने निर्णय हुने गर्छ । कम्पनीले ५१ हजार ५ सय ५८ बीमा लेख कायम छ । बीमा लेख संख्यामा करीब २५ प्रतिशतले वृद्धि भएको हो । बीमा लेख आधारमा कम्पनी ११ औं स्थानमा छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.३९ छ । प्रतिसेयर आम्दानी निकै कम भएपनि मूल्य उच्च भएकै कारण मूल्य आम्दानी अनुपात ३० गुणासम्म छ । यसले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले ३० रुपैयाँ सम्म तिरेको देखाउँछ । यो जोखिम भने हो । दायित्व हस्तान्तरण कम्पनीले बीमांक रकममध्ये ९२ प्रतिशतको दायित्व पुनरबीमा कम्पनीमा सार्ने गरेको र बाँकी मात्र आफूले लिने गरेको देखिएको छ । २०७४/७५ को वित्तीय विवरण अनुसार कम्पनीले ६ खर्ब ५५ अर्ब बीमांक रकममा ६ खर्ब ५ अर्ब पुनरबीमा कम्पनीमा सारेको हो । कम्पनीको योजनाहरुमा अग्नि बीमाको हिस्सा ६.२५ प्रतिशत, इन्जिनियरिङको ७ प्रतिशत, विविध शीर्षकमा ८० प्रतिशत छ । मोटर बीमा २.४४ प्रतिशत, हवाई र लघुविमाको १ प्रतिशतभन्दा कम दरमा छ । उच्च उतारचढाव कम्पनीको सेयर मूल्य परिवर्तनको आधारमा गणना गरिएको स्ट्याण्डर्ड डेभिएसन (एसडी) ले मूल्यमा कम उतार चढाव रहेको देखिन्छ । समग्र नेप्से परिसचकमा १ सय २२ दिनमा भएको परिवर्तन अंकको आधारमा एसडी २८.९५ छ । जबकि कम्पनीको परिवर्तित अंकको आधारमा एसडी १२.३४ छ । यही समूहको सूचकको परिवर्तित अंकको आधारमा समेत कम्पनीको मूल्यमा निकै कम उतार चढाव रहेको देखिन्छ । निर्जीवन बीमा कम्पनी समूह सूचकको एसडी १ सय ४९ दशमलव ८३ छ । वियरिश प्रवृत्ति शुरु कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्युन मूल्य (२०७ रुपैयाँ) नजिक छ । यद्यपि मूल्य वियरिश प्रवृत्तिमा आइसकेको बिभिन्न प्राविधिक विश्लेषणका सूचकले देखाउँछ । कम्पनीको १४ दिने आरएसआई सुचक हाल सन्तुलित क्षेत्रमा नै छ । हाल यो स्केलको ३० मा आएको छ । कम्पनीमा बिक्री चाप बढ्दै छ । यो ३० भन्दा मुनिगए बिक्री चाप उच्च रहेको र ७० माथि लागे खरिद चाप उच्च भएको संकेत गर्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा तल आएको छ । यसले मूल्य वियशि प्रवृत्तिमा रहेको संकेत गर्छ । यी रेखालाई विशेष याद गरिराख्नु पर्ने देखिन्छ । मूल्य अन्तिम दिन घटेकोले पीभट विश्लेषणले भने अब आगामी एक महिनामा कम्पनीको मूल्य ३ सय १८ मा पहिलो टेवा पाउने र बढ्न थालेमा ४ सय ५० मा लक्ष्य परिक्षण गर्नेछ । कम्पनीको सेयर मूल्यले अन्तिम दिन कालो मैनवत्ति आकृति बनाएको छ । मूल्य घट्दो क्रममा बनेको यो आकृतिले मूल्य थप घट्न सक्ने संकेत गर्छ । लगानीकर्ताहरुले किनबेचको निर्णय गर्नुअघि केही समय कुर्नु सही हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास र यसले अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भएकोले लगानीकर्ताहरु पनि डराएका छन् । अन्य कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमले तत्काललाई ती मुलुकका लगानीकर्ताहरुलाई त्यहाको बजारको विषयमा नसोच्न नै लगानीकर्ताहरुलाई आग्रह गरिरहेका छन् । नेपालमा यसले विकराल समस्या पारिसकेको अवस्था नभएपनि केही समयलाई बजारको चिन्ता लिनुभन्दा अहिलेको ह्रासलाई बिर्सनु नै सही हुने देखिन्छ ।
कोरोनाकाे कारण सेयर बजार घटेको होः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सेयर बजार घटेको बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले सो कूरा बताएका हुन् । स्वयंम जिम्मेवार हुनु पर्ने बताए । ‘सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्छ’ विधि र नीतिका कारणले सेयर घट्ने र बढ्ने हुन्छ, अहिले विश्व परिवेशमा केही अनिश्चितता कोरोना भाइसरको कारणले गर्दापनि सेयर बजारमा केही उथलपुथल देखिएको छ,उनले भने । अत्पकालीन असरका कारणले दीर्घकालिन सोच बनाउन भने उपयुक्त नहुने उनकाे भनाइ छ । उनले पुँजी बजार पूँजीपतिको मात्र बजार नभएको भन्दै सेयर कारोबार गर्ने १५र१६ लाख भन्दा बढी भएको जानकारी संसद्मा गराए ।