अर्थमन्त्रीबाट खतिवडा हट्ने हल्लाले १५ लाख लगानीकर्ता खुसी, सरकारलाई एकै दिन करोड आम्दानी
काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्जमा खुसीयाली मनाईको थियो भने ब्रोकरले मिठाई बाँडेका थिए । ११ फागुनमा नेपाली पुँजी बजारमा ऐतिहासिक कारोबार भएको छ । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । इतिहासकै सबैभन्दा बढी कारोबार भएको दिन सेयर ब्रोकरले १ करोड ८० लाख रुपैयाँ कमिसन लिएका छन् । किनभने सेयर कारोबारमा ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कमिसन ब्रोकरले लिन्छन् । यस्तोमा औसत कमिसन दर ०.५ प्रतिशतका दरले ३ अर्ब ६० करोड ८५ लाखको १ करोड ८० लाख रुपैयाँ कमिसन मानिएको हो । तर, ब्रोकरले लिएको कमिसन सबै ब्रोकरको हुँदन । कमिसनबाट ब्रोकरले कमिसन रकमको २० प्रतिशत नेप्सेलाई, ०.६ प्रतिशत धितोपत्र बोर्डलाई र ०.५ प्रतिशत सेटलमेन्ट ग्यारेन्टी फण्डलाई दिनुपर्छ । यस्तै ब्रोकरले कमिसन रकममा १५ प्रतिशत अग्रिम कर कट्टी गरेर सरकारलाई बुझाउनु पर्छ । हिजोको कारोबार ऐतिहासिक रुपमा धेरै हुनुमा अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद जाने हल्लाले हो । डा. खतिवडाको राष्ट्रियसभा सदस्यको पद आगामी २० फागुनमा सकिदैछ । डा. खतिवडालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनिय गरिएर राष्ट्रियसभा सदस्य बनाइएको थियो । अहिले पनि यसैगरी एक जनालाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने संबैधानिक अवस्था छ । तर, डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेब गौतमलाई मनोनित गरिने चर्चा चलेको छ । डा. खतिवडा अर्थमन्त्री भएदेखि नै ओरालो लागेको पुँजी बजारमा हिजो ऐतिहासिक रुपमा धेरै कारोबार भएको हो । धेरै कारोबार भएरको र नेप्से परिसुचक करिब ७० अंकले बढ्दा पुँजी बजारका १५ लाखभन्दा धेरै लगानीकर्ता खुसी भएका छन् । यस्तै, धेरै कारोबार भएको र आफूहरुको कमाई पनि बढेको खुसीयालीमा सेयर ब्रोकरले लगानीकर्तालाई मिठाई नै बाढेका छन् । यस्तै, धितोपत्र बोर्ड र नेप्सका उच्च अधिकारीले पनि खुसीयाली मनाएका छन् । तर, बजारको यो बृद्धि कति दीगो हुन्छ भन्ने यकिन भने छैन । बजारमा उत्साहजनक कारोबार हुँदा सरकारलाई पनि राम्रै फाइदा भएको छ । नेप्से र धितोपत्र बोर्ड जस्ता सरकारी निकायले लिएको कमिसन तथा सरकारले प्राप्त गरेको सेयर ब्रोकरको अग्रिम कर कट्टी (टीडीएस) रकम जोड्दा ८० लाख रुपैयाँको हाराहारीमा हुने देखिन्छ । यस्तै, आइतबार नेपाली पुँजी बजारमा भएको ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको कारोबारमा आधा रकम सेयर किनेको हो भने आधा रकम बेचेको हो । सेयर विक्री गर्नेले नाफा खाएर विक्री गर्दा सो नाफा रकमको ५ प्रतिशत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ । सरकारी निकायले लिएको कमिसन, शुल्क तथा सरकारले दिएको कर तथा पुँजीगत लाभकर समेत जोड्दा ११ फागुनमा सरकारले पुँजी बजारबाट एकै दिन १ करोड रुपैयाँभन्दा बढीको आम्दानी गरेको अनुमान गरिएको छ । सरकारको आम्दानी बढ्नुको पछाडि पनि डा. खतिवडाको अर्थमन्त्री पद जाने भन्ने हल्ला नै हो । सम्बन्धित सामग्री प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?
प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने, यस्तो छ कारण
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो । नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।
सेयर बजारमा उत्साह, १ घण्टमा ८८ करोडको काराेबार, ३९ अंकको वृद्धि
काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ घण्टामै करिब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब ३९ अंकले परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार (आज) १२ बजेटसम्ममा ८७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ । यस्तै, पुँजी बजार मापक नेप्से परिसूचक पनि ३८.८ अंकले बढेको छ ।