दुई कम्पनीको साढे ५२ लाख बोनस सेयर सूचिकृत
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन कृषि विकास बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये कृषि विकास बैंकको ५१ करोड ३ हजार १२९ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको बाँकी एक लाख ४४ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
तारागाँउ होटलले किन मिच्याे नेप्सेको नीति ? २४ घण्टाभित्रै स्पष्टिकरण दिन निर्देशन
काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स (होटल हायात)ले आफ्नो बुक क्लोजको मिति सार्वजनिक गर्न ढिलाई गर्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई मिचेको छ । उक्त नियमावली अनुसार बुक क्लोजको मिति कम्तीमा सात दिन अगाडि नै सार्वजनिक गनुपर्नेमा कम्पनीले जम्मा दुई दिन अगाडि मात्रै उक्त सूचना नेप्सेमा दिएकाले नेप्सको नीतिलाई व्यवास्था गरेको हो । कम्पनीले बुधबार मात्रै नेप्सेमा एक सूचना जारी गर्दै बिहीबार(भोलि) अर्थात जेठ २ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको छ । जुन नेप्सेको नीति विपरित हो । उक्त सूचना अनुसार कम्पनीले नियमानुसार तोकिएको समयमा सूचना नपठाएकोमा नेप्सेको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले, उक्त सूचना दिन ढिलाई गर्नुको कारण खुलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न नेप्सेले आग्रह गरेको छ । साथै, धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार यस कम्पनीको सम्पूर्ण धितोपत्र वा सेयर कारोबार रोक्का भएको छ । होटलले बुधबार नेप्सेमा दिएकाे सूचना
नेप्से परिसूचक यस वर्षकै उच्च अंकमा, एनसीसी सहित तीन कम्पनीको करोडौंको सेयर किनबेच
काठमाडौं । बुधबारको नेप्से परिसूचक सामान्य अंकले बढेर १३२१ अंकमा पुगेको छ । जुन यस वर्षकै उच्च बिन्दु हो । परिसूचक मंगलबारको तुलनामा ०.४२ प्रतिशत अर्थात ५.५५ अंकले उकालो लागेको हो । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि सुधार भएको छ । बुधबार कुल १७२ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये विभिन्न तीन कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । चैत मसान्तको वित्तीय विवरण अनुसार हाल बैंक सुधारको बाटोमा लागेकाले लगानीकर्ताहरु यस बैंकको सेयरमा आकर्षित भएका हुन् । बैंकले चालु आवको ९ महिनमा एक अर्ब १६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । बुधबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको १३ करोड २४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ७.९७ र ७.७९ प्रतिशत कमाएका छन् । बुधबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता १४९ र १७३९ रुपैयाँ रहेको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये ६ वटा उकालो लागेका छन् भने बाँकी ६ वटा ओरालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूह २५ अंकले उकालो लागेको छ भने उत्पादन मूलक समूह ५९ अंकले ओरालो लागेको छ ।