दुई कम्पनीको ७ लाख ८० हजार कित्ता बोनस सूचिकृत, हेरौँ क-कसकाे ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ७ लाख ८० हजार ९५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार मात्रै काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवित्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

गुराँस लघुवित्तको आईपीओ बाँडफाँड, दुई लाख बढीको हात खाली

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार २३ हजार ३६३ जना आवदेकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । उक्त आईपीओमा ३ लाख १ हजार ३९६ जनाले कूल ५५ लाख ४५ हजार ४५० कित्ता सेयर माग गरेको थिए । जुन संस्थाको माग भन्दा २३.८० गुणा बढी हो । कूल ३ लाख २ हजार ३८ जनाको आवेदन मध्ये ६४२ जनाले माग गरेको १४ हजार ८९० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएकाे छ । संस्थाले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

नेप्से सामान्य अंकले घट्दा ५० करोडको कारोबार, एचडीएलको सेयर मूल्यले नाघ्यो १८००

काठमाडौं । बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३.६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट देखिएको छ । बजारमा कूल १७५ कम्पनीको ५० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेर २७८ अंकमा झरेको छ । कूल कारोबार मध्ये सबैभन्दा बढी सिभिल बैंकको बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँ रहेको छ । त्यस्तै, मेगा बैंक र शिवम् सिमेन्टको क्रमशः ४ करोड ९६ लाख र ४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ र शिवमको प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ । सो दिन कारोबारमा आएका विभिन्न समूह मध्ये ३ समूहको सूचक हरिया देखिएका छन भने बाँकी समूह राताम्मे छन् । सबैभन्दा बढी होटल समूह ३२ अंकले घटेको छ । उत्पादनमूलक, अन्य र ट्रेडिङ समूह भने क्रमशः ६९, ३ र २ अंकले उकालो लागेका हुन् । सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेड (एचडीएल)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य १६५ रुपैयाँले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ पुगेको छ । कमाउने मध्ये बाँकी कम्पनीहरुले भने ५ प्रतिशतभन्दा कम कमाएका छन् । उता मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.५५ प्रतिशत गुमाएका छन् ।