६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

उन्नति माइक्रोफाइनान्सले फागुन १३ गतेदेखि हकप्रद बिक्री गर्दै, पुँजी साढे ६ करोड नाघ्ने

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि २० प्रतिशत(अर्थात ५ बराबर १ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गर्ने भएको छ । संस्थाले आगामी फागुन १३ गतेदेखि १०० अंकित दरको एक लाख १० हजार कित्ता सेयरको बिक्री खुला गर्दै छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी चैत १७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । हाल संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ५ करोड ५० लाख रहेको संस्थाको चुक्ता पुँजी हकप्रद पछि ६ करोड ६० लाख रुपैयाँ नाघ्ने छ ।

युनिभर्सलको आईपीओमा १०० कित्ताभन्दा बढी पाईने सम्भावना

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको शुक्रबारदेखि खुलाएको आईपीओमा १०० कित्ताभन्दा बढी पाइने सम्भावना रहेको छ । गत ४/५ वटा सार्वजनिक निष्काशन भएको सेयरको आवेदकको संख्यालाई हेर्दा उक्त आईपीओमा लगानी गर्दा इच्छा अनुसार सेयर पार्न सकिने सम्भावना रहेको कम्पनीले जनाएको छ । सेयरको माग संख्यालाई हेर्दा यदि ८६ हजार ७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६ लाख ७४ हजार ४०० कित्ता सेयर बाँडफाँड हुने कम्पनीले बताएको छ । दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनीले माघ २५ देखि माघ २९ गतेसम्म सार्वजनिक सेयर निष्काशन गरेको छ । कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो ।