नेप्सेले खुलायो १० जनालाई जागिर, २१ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १० जनालाई जागिर खुलाएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आन्तरिक र खुलातर्फ गरी सो मात्रामा दरखास्त आव्हान गरेको हो । आन्तरिक तर्फ उपप्रबन्धकमा २, सहायक प्रबन्धकमा २, सहायक आईटी प्रबन्धकमा १ र वरिष्ठ अधिकृत तहमा २ जना मागेको छ । त्यसैगरी, खुलातर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत र खुला/आधिवासी जनजातितर्फ वरिष्ठ अधिकृतमा १/१ जना गरी कुल ३ जना मागेको छ । उक्त सम्बन्धित तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको हुनुपर्ने छ । नेप्सेको सूचना हेर्न यसमा क्लिक गर्नुहोस्) योग्यता पुगेका उम्मेदवारले न्युनतम दस्तुर तिरेर यस सूचना प्रकाशित भएको मितिले २१ दिनभिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र फारम भर्न सकिनेछ । योग्य उम्मेदवारले फागुन ३ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भद्रकालीस्थित नेप्सेको कार्यालयमा पेश गर्न सक्नेछन् ।

एभरेष्ट बैंकको एक अर्ब ९१ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?

काठमाडौं । सेयर बजार घटेको दिन एभरेष्ट बैंक लिमिटेडको ठूलो परिमाणमा संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको एकैदिन(बिहीबार) एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको हाे । बिहीबार ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४९(अनलाइन सेक्युरिटज प्रा.लि) मार्फत ठूलो परिणाममा एभेष्ट बैंकको प्रमोटर सेयर कारोबार भएको हो । बैंकको एकैदिन भएको तीनवटा कारोबारमा प्रतिकित्ता २६५ रुपैयाँमा कुल ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर किनबेच भएको छ । पहिलो कारोबारमा अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकित्ता २६५ रुपैयाँमा १६ लाख ५९ हजार ५६२ कित्ता सेयर किनेकाे छ । नासाले अनलाइनलाई कुल ४३ करोड ९७ लाख ८३ हजार ९३० रुपैयाँको बैंककाे संस्थापक सेयर बेचेको हो । त्यस्तै, दोश्रो कारोबारमा नासाले अनलाइन सेक्युरिटीजमार्फत ९५ करोड ८८ लाख १९ हजार ८२० रुपैयाँ बराबरको सेयर किनेकाे छ । नासाले पनि प्रतिकित्ता २६५ रुपैयाँमा ३६ लाख १८ हजार १८८ कित्ता सेयर किनेकाे हाे । त्यसैगरी, अर्को कारोबारमा पुनः अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकत्ता २६५ रुपैयाँमा १९ लाख ५८ हजार ६२५ कित्ता सेयर किनेकाे छ । उक्त कारोबारमा ५१ करोड ९० लाख ३५ हजार ६२५ रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । बजारमा लामो समयपछि २ अर्ब बढी रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कुल १६४ कम्पनीको २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । समग्रमा बिहीबारको बजार ८.२१ अंकले घटेर १११२.८७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।

१९ हाइड्राेपावरको १ खर्बकाे शेयर चैत ७ गतेदेखि, प्रतिकित्ता १० रुपैंया ‘कल इन एड्भान्स’

काठमाडौं । विभिन्न १९ ओटा परियोजनाको हाइड्रोपावर निर्माणका लागि १ खर्ब २ अर्ब बराबरको शेयर आगामी चैत ७ गतेदेखि खुल्ला हुने भएको छ । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर किनेर खरिदको सुरुवात गरेपछि सर्वसााधारणले शेयर खरिद खुल्ला गरिने भएको हो । बिहीबार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयद्वारा आयोजित जनताको जलविद्युत् कार्यक्रम आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ३५ दनपछि आफैंबाट शेयर खरिदको सुरुवात गर्ने जानकारी दिएका हुन् । ‘आजभन्दा ठीक ३५ दिनपछि चैत ७ गते हुन्छ, त्यो दिन बिदाको दिन रहेनछ भने म त्यो दिन जलविद्युत्को शेयर किनेर म पहिलो बन्छु, दोस्रो तपाईहरु बन्न सक्नुहुन्छ, देश बन्नेछ ।’ प्रधानमन्त्री ओलीले भने । सरकारले ६ ओटा प्रदेशमा रहेका १९ आयोजनामार्फत् कुल ३४७९ मेगावाट क्षमताको विद्युत् जनता समेतको लगानीका उत्पादन गर्ने लक्ष्य लिएको छ, यसका लागि करिब ६ खर्ब ९ अर्ब रुपैंया लागत लाग्ने र यसमध्ये ३० प्रतिशत स्वपुँजीमार्फत् संकलन गर्ने लक्ष्य लिएको छ, जुन २ खर्ब ८ अर्ब रुपैंया बराबरको हो । यसको ४९ प्रतिशत सर्वसाधारणलाई शेयर जारी बिक्री गरिने योजना सरकारको छ जसमध्ये १० प्रतिशत स्थानीयवासीका लागि र बाँकी ३९ प्रतिशत सर्वसाारणलाई छुट्टाइने भएको हो । ४९ प्रतिशतको उक्त हिस्सा करिब १ खर्ब २ अर्ब बराबर हो । ५१ प्रतिशत भने सरकार, सरकारी संस्थाहरु वा अन्य ठूला कम्पनीहरुबाट संकलन गरिनेछ । सुरुमा १० रुपैंया ‘कल इन एड्भान्स’ उक्त आयोजनामा शेयरका लागि आवेदन दिँनका लागि सर्वसाधारणले सुरुमा खरिद गर्न चाहेको शेयरको अंकित मूल्यको १० प्रतिशत रकम अर्थत् प्रतिकित्ता १० रुपैंया तिर्नुपर्नेछ । यो रकम शेयरमा रुपान्तरण नहुञ्जेल प्रचालित ब्याजदर पाउने र आयोजनाको भौतिक प्रगति कम्तीमा ७५ प्रतिशत भएपछि बाँकी ९० प्रतिशत रकम उठाइने उर्जामन्त्री बर्षमान पुनले जानकारी दिए ।