शिवम् सिमेन्टले घटायो आईपीओको मूल्य, स्थानीयबासीलाई दोश्रो अवसर

काठमाडौं । शिवम् सिमेन्टले प्रस्तावित आईपीओको मूल्य १०० रुपैयाँले घटाएको छ । मूल्य घटाएपछि शिवमले प्रिमियम सहित सर्वसाधारणलाई प्रतिकित्ता ३०० रुपैयाँ र स्थानियबासीलाई २०० रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । यसअघि शिवम्ले सर्वसाधारणलाई प्रतिकित्ता ४०० रुपैयाँमा सेयर बिक्री गर्ने प्रस्ताव गरेको थियो । साथै, स्थानियबासीलाई अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँमा सेयर बिक्री गरिसकेको थियो । अब शिवमले अंकित मूल्य १०० रुपैंयामा २०० रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँको दरमा सर्वसाधारणलाई सेयर निष्काशन गर्ने भएको छ । साथै, स्थानियबासीलाई भने अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँको दरमा पुनः सेयर निष्काशन गर्न लागेको हो । शिवम्ले सर्वसाधारण र स्थानियवासीलाई गरी कुल ४९ लाख ७९ हजार ६४० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा सर्वसाधारणलाई ४४ लाख र आयोजना प्रभावित स्थानिय बासिन्दालाई ५ लाख ७९ हजार ६४० कित्ता सेयर बिक्री गर्ने भएको छ । साधारण सेयर मध्ये संस्थाका कर्मचारीलाई २ लाख २० हजार छुट्याएको छ । त्यस्तै, सामूहिक लगानी कोषलाई २ लाख २० हजार कित्ता सेयर छुट्याएको जसमध्ये जम्मा ६० हजार मात्र बिक्री भएको छ । यसबाट बाँही रहेको एक लाख ६० हजार समेत गरी सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले यसअघि स्थानियबासीलाई प्रतिकित्ता ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो मध्ये जम्मा २ लाख २४० कित्ता सेयर मात्र बिक्री भएको थियो । उक्त सेयर किन्नेलाई शिवम्ले थप एक लाख १२० कित्ता सेयर दिने भएको छ । साथै, निष्काशित उक्त सेयरमध्ये बिक्री नभएको बाँकी सेयर ५ लाख ७९ हजार ६४० कित्ता सेयर पुनः बिक्री गर्ने भएको छ । उक्त सेयर भर्न इच्छुक बासिन्दाले प्रतिकित्ता २०० रुपैयाँमा आवेदन दिन सक्नेछन् । इच्छुकले उक्त सेयरमा न्युनतम ५० कित्तादेखि आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले बढीमा ४४ लाख कित्ता र उद्योग प्रभावित क्षेत्रका वासिन्दा(स्थानियबासी)ले ५ लाख ७९ हजार ६ सय ४० कित्ताका लागि आवेदन गर्न सक्ने शिवमले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्लापिटल लिमिटेड रहेको छ । कम्पनीको उक्त सेयर आगामी फागुन ६ गतेदेखि बिक्री हुने छ । इच्छुकले आगामी ९ गतेसम्म(छिटोमा) आवेदन दिन सक्नेछन् भने ढिलोमा आगामी चैत ५ गतेसम्म सेयर बिक्री हुने कम्पनीले जनाएको छ ।

निर्धन उत्थानको २० लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको हालसम्म एक करोड कित्ता सेयर सूचिकृत रहेको छ ।

सहयोगी विकास बैंक फागुन २५ गते साधारणसभा बस्दै, १३ गतेदेखि बुक क्लाेज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले आगामी फागुन २५ गते १५औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो एक बजे जनकपुरधामको मानकि होटलमा बस्दै छ । उक्त सभाले संचालक समितिको सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले अनुमोदन गरेपछि विकास बैंकका लगानीकर्ताले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो प्रतिशत अर्थात ८ करोड ६६ लाख रुपैयाँ नगद लाभांश पाउने छन् । उक्त सभामा जाने प्रयोजनको लागी फागुन १३ गतेदेखि २५ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।