एनसीसी बैंकको एक करोड ५४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको एक करोड ५४ लाख ८४ हजार ०१० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सोमबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । हालसम्म बैंकको ७ करोड एक लाख ८५ हजार ८७३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ रहेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको मंसिर १७ गते बुक क्लोज, २१% नगद लाभांश दिने
काठमाडौं । एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ को आगामी मंसिर १७ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो । संस्थाले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५२६३ प्रतिशत नगद लाभांश दिने लागेको छ । फण्डले २०७४/७५को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो । फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।
आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार मात्रै आईएमई जनरल इन्स्योरेन्स र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुबै कम्पनीको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । आईएमईको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२३.३३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४८६.६७ रुपैयाँ थियो । त्यस्तै, नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ७२६.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१३.१० रुपैयाँ थियो ।