सिद्धार्थ इन्स्योरेन्सको हकप्रद र एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । बुधबार दुई कम्पनीको हकप्रद सेयर र ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयर र एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकृत भएको हो । सिद्धार्थ इन्स्योरेन्सको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको एक करोड ८३ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।

गण्डकी विकास बैंकले १४ प्रतिशत नगद लाभांश

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको १४.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । साथै, बैंकले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने छ ।

नाडेप लघुवित्तले तय गर्यो हकप्रद निष्कासनको मिति, कहिलेदेखि खुल्छ ?

काठमाडौं । केही समय अघिमात्र आईपीओ निष्कासन गरी बाँडफाँड गरेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति तय गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रद शेयर यही मसिर २३ गतेदेखि खुल्ने भएको हो । उक्त हकप्रद शेयर पुस २९ गते बन्द हुनेछ । धादिङको गजुरी मुख्य कार्यालय भएको उक्त लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो । ४७ जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको गरेको लघुवित्तले कुल ८६ शाखामार्फत् आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । कुल ३२ करोड चुक्ता पुँजी रहेको कम्पनीले उक्त पुँजीलाई दोब्बर गर्न हकप्रद जारी गर्न लागेको हो । उक्त लघुवित्तले गत वर्ष ४ करोड ७० लाख खुद मुनाफा कमाएको थियो । लघुवित्तको हकप्रद नबिल इन्भेष्टमेन्टमार्फत जारी हुनेछ । उक्त हकप्रद आश्वा प्रणलीमार्फत् जुनसुकै बैंकबाट तथा मेरो शेयरका प्रयोगकार्ताले इन्टरनेटमार्फत् समेत आवेदन दिन सक्नेछन् ।