ज्योति विकास बैंकको नयाँ शाखा बर्दघाटमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नवलपरासीको बर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्व ५९ करोड रुपैयाँ कायम रहेको छ ।
नेप्से परिसूचक १२०० अंक तल, एकैदिन १५१ कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौं । मंगलबारको सेयर बजार १२०० अंकबाट तल झरेको छ । सो दिनको नेप्से परिसूचक १५.२९ अंकले घटेर ११९४.८० अंकमा अडिएको छ । बजार खुलेदेखि ओरालो लागेको बजारमा कारोबार रकममा भने केही वृद्धि भएको छ । सोमबार १८ करोडको कारोबार भएको बजारमा आज भने २३ करोडको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ बढी हो । बजारमा कुल १६० कम्पनीको सेयर किनबेच भएको छ । सोमध्ये ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी १५१ कम्पनीकाले गुमाएका छन् । सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ४.७९ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ । मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ७८ अंकले घटेको छ । साे दिन कमाउने ९ कम्पनीः मंगलबार काराेबारमा अाएका यी कम्पनीका बाहेक बाँकी १५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
५० प्रतिशत हकप्रदपछि समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको ५० प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४५ रुपैयाँ रहेको थियो । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६८ लाख रुपैयाँ रहेको छ ।