संघर्षपूर्ण खेलमा नेपालले जित्यो मलेसियाविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं । नेपालले मलेसियाविरुद्ध महिला टी २० अन्तर्राष्ट्रिय सिरिज सिरिज जितेको छ । ‍पाँचौं तथा अन्तिम निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।  नेपालले मलेसियालाई ३–२ ले जितेको हो । निर्णायक खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग‍र्‍यो । नेपालको जितमा नायक बनेकी रुबी पोदारले सर्वाधिक २६ रन बनाएर नेपालको जितलाई सहज बनाइन् । पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाएकी थिइन् ।  बलिङमा नेपालकी कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए । यसभन्दा अगाडिको खेलमा कप्तान इन्दु वर्माले अन्तर्राष्ट्रिय एक हजार रन पूरा गरिसकेकी छन् । 

सरकारलाई महेश बस्नेतको चेतावनी - मलाई पक्राउ गरेर देखाउनुस्

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईवर व्युरोमा बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौति दिएका हुन् ।  नेता बस्नेतले आफूहरुले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए ।  उनले भने, ‘मलाई समातेर देखाउनुस् । विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरु देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन । जेन जी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरुलाई कारबाहीको दायरामा ल्याओस् । नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताए ।   

दोषी सबैलाई कारबाही होस् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलनमा हराएका हतियार फेरि पड्किन सक्ने तर्फ सचेत गराएका छन् । भदौ २३ र २४ गते लुटिएका हतियारहरू फेरि पड्किए भने त्यसको परिणाम दुरूह हुन सक्ने दाबी गरेका छन् । एमाले मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले सबै दोषीलाई कारबाही गर्न माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको नाम लिँदै बस्नेतले सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप समेत लगाएका छन् । बस्नेतले पत्रकार सम्मेलनमार्फत आफूलाई पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । अनेरास्ववियुले काठमाडौंका मेयर बालेन शाहलगायतका विरुद्ध उजुरी परेको अवस्थामा समेत उनीहरूलाई पक्रिन चुनौती दिएका छन् । बस्नेतले एमाले पार्टी कार्यालय र नेताहरूका घर जलाउने मानिसहरू चिनेको बताउँदै त्यसको हिसाब गरिने समेत बताएका छन् ।