टिकटक स्टार रियालिटी शो हुने, विजेताले कार पाउने

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरी शर्माले बताए । शिखर नेपाल प्रा.लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् ।

न्यून पारिश्रमिक लिने कलाकारलाई सरकारले सहयाेग गर्ने

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । यस्तै उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने पनि बताए । ‘यो कार्यक्रम सफल बनाउनको लागि मेरो र सरकारको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमुलक पनि होस्,पोजेछिटभ पनि होस्,सँगै विकृतिका कुरालाई उजागर गरोस्, म कलाकार श्रमीकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ,’ उनले भने ।  

आइएमईकाे ‘वर्ड भ्रमण विथ साइग्रेस’ सुरु

काठमाडौं । आइएमईको वर्ड भ्रमण विथ साइग्रेसको सुरु भएको छ । नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा गरिने उक्त कार्यक्रम आजबाट सुरु भएको हो ।  सो कार्यक्रम मङ्सिर १७ सम्म संचालन हुनेछ । वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कम्पनीले जानकारी दिएको छ । कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ । उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटर, लिंकडिन पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने कम्पनीले जनाएकाे छ । कार्यक्रम तालिका १।  होटल रुबस, धनगढी-  ९ नोभेम्बर, दिउँसो २ः३० बजे २।  क्लब ग्राभिटी, पोखरा-  २२ नोभेम्बर, दिउँसो ४ः०० बजे ३।  राष्ट्रिय नाच घर, काठमाडाैं-  ३ डिसेम्बर, दिउँसो ३ः३० बजे ४।  साई पार्टी प्यालेस, झापा-  १३ नोभेम्बर, दिउँसो ३ः०० बजे ५।  डि कन्सेप्ट, बुटवल- २० नोभेम्बर, दिउँसो २ः३० बजे ६।  चितवन गार्डेन रिसोर्ट चितवन १९ नोभेम्बर, दिउँसो २ः३० बजे ७।  बिपिकेआइएच्एस अडिटोरियम, धरान- १५ नोभेम्बर, दिउँसो २ः०० बजे