मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना
बलेवा । बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन् । हिंसामा परेर उजूरी आएकामध्ये २६ घटनामा मिलापत्र भएको छ । सामाजिक र पारिवारिक रुपमा अन्तरविरोध सिर्जना नहोस् भनेर प्रहरीले मिलापत्र गराउने गरेको छ । घरेलु हिंसाकै नौ घटना जिल्ला अदालत बागलुङमा मुद्दाको रुपमा दर्ता भएका छन् । पछिल्लो वर्षका कुनै पनि मुद्दा फैसला भएका छैनन् । जिल्ला अदालत बागलुङका अनुसार मुद्दाका प्रतिवादी धरौटी र तारेखमा रिहा भएका छन् । पछिल्लो पटक भएका आठ घरेलु हिंसाका घटना मुद्दा दर्ताको प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बागलुङमा मानवअधिकार हननका घटनामा केही कमी आएको छ । कोरोना महामारीका कारण भएको लकडाउन र त्यसयता कोरोनाले पारिरहेको प्रभावका कारण घटनामा कमी आएको सरोकारवाला बताउँछन् । गत वर्ष सोही अवधिमा बागलुङमा १११ मानवअधिकार हननका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले तयार पारेको तथ्याङ्क हेर्ने हो भने यो वर्ष ६६ घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । “महामारीको समयमा घरेलु हिंसा थप बढेका छन्, तर खुलेर आएनन्”, इन्सेक बागलुङका प्रतिनिधि सिर्जना पन्तले भन्नुभयो, “यो समय विशेष गरी महिला र बालबालिकाका लागि सकसपूर्ण रह्यो ।” बाल अधिकार उल्लङ्घनका ६, बलात्कार तथा यौन दुव्र्यवहारका ४, बालविवाह १, अपहरण तथा शरीर बन्धक १, बलात्कार ३, वैवाहिक बलात्कार १, बलात्कार प्रयास २, बहुविवाह ४, परिवारजनबाट हत्या १, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घन १, राजनीतिक अधिकार ४ र गाली बेइज्जतीका १ घटनाको उजुरी प्रहरीमा परेको तथ्याङ्क छ । “मानव अधिकारको रक्षा र प्रयोगका लागि नागरिक आफै सचेत हुन जरुरी छ” प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, “जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटनालाई कम गर्ने प्रयास भइरहेको छ ।” मानवअधिकार वर्ष पुस्तकका लागि तयार भएको तथ्याङ्कमा आत्माहत्या दुरुत्साहन र लकडाउनका बेला भएका खानलाउन र बस्न पाउने अधिकार उलङ्घनका घटनाको भने तथ्याङ्क समावेश छैन । रासस
नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे । ‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्मा मेरो भयो ।’ मन्त्री श्रेष्ठले कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दाईत्व रहेको बताए । कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्त्वपूर्ण शुभ दिन बन्न पुगेको छ । पूर्व अध्यक्षहरु, कार्यसमितिका मित्रहरु लगायतको प्रयास र विशेष महत्त्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटी लगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु, संघका अध्यक्ष खड्काले भनेका छन्- ‘उक्त रकमबाट दुई दिन अगाडि मात्रै जग्गा खरिद गरि भवन शिलान्यास गरिएको हो ।’ कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामL दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थितl रहेको थियो ।
हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघरमा
काठमाडाैं । डिशहोमको सिनेमाघर ईन्टरनेशनलमा पुस ६ गतेदेखि हलिउड चलचित्र “अनहिन्ज्ड” रिलिज हुँदैछ । याे चलचित्र दर्शकले पुस ६ गतेदेखि दैनिक ६ शो हेर्न सक्नेछन् । जुन बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे बेलुकी ७ बजे र १० बजेकाे समयमा हेर्न पाइने छ । सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ । डिशहाेमले नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको हाे ।