‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता हुँदै, विजेताले ११ लाख रूपैयाँसहित विभिन्न अवसर पाउने

काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को शुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पुर्याउनेछन् । खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको सांगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु-विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष सांगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ । जनवरी १ तारिखमा सम्पन्न हुने सांगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ, जुन बृहत् अनलाइन कन्सर्ट गरेर गरिनेछ र २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदयहुनेछ भने ती विजेताले ११ लाख रूपैयाँ बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि उसलाई हुनेछ । यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर श्रीदाशाहले भनिन् “खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं । कोभिड-१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीतसिर्जनागर्ने आकाँक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी नेपालीकलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सवमनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।” खुकुरी देशको संगीतलाई २०२१ को भव्य एवं विशाल साँगीतिक कार्यक्रम बनाउने तयारी गरिएको छ र योविभिन्न साँस्कृतिक पृष्ठभूमिबाटआएका थरी थरीका प्रतिभाहरुद्वारा प्रस्तुत हुने संगीतको विभिन्न विधाहरुको एक भव्यशो बन्नेछ । विभिन्न समुदायका व्यक्तिहरुले उनीहरुको संगीतमाउनीहरुको साँस्कृतिक प्रभावलाई कसरी दर्शाउँछन्, नेपाली संगीत कसरी मनाउँछन् र अन्ततःगर्वका साथ नेपालीको उद्घोष कसरी गर्छन् भनेर हेर्न वास्तवमै अभूतपूर्व मज्जाआउनेछ । यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।

चेक अनादर मुद्दामा फरार पोद्दार पक्राउ

काठमाडौं । चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका वर्ष ४८ का अनिल पोद्दार पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ११ बबरमहल बस्ने पोद्दारलाई आइतकार पक्राउ गरिएको हो । आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको गरिएको छ । पोद्दारले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी जिल्ला काठमाडौं महानगरपािलका वडा न.१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई एक करोड त्रीसठ्ठी लाखको बैंक चेक काटी दिई फरार रहेका थिए । बैंकमा निक्षेप नभएको कारणले रकम भुक्तान हुन नसकेको कारण प्रतिवादी पोद्दारले चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौं जिल्ला अदालतबाट २०७३ असोज १५ मा १ महिना कैद र ३ हजार जरिवाना हुने तथा एक करोड त्रीसठ्ठी लाख बिगो भराउने फैसला भएको थियो ।

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भने । यस वर्ष काठमाडौंको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ । रासस