कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण, कहाँ कहाँ ?
काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनको परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित उक्त बालबालिका असहाय व्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको हो । संस्थाका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए । यसैगरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप-महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई ६४ हजार रुपैयाँ बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ । यसैगरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका थिए । साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यी जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेको संस्थाले जनाएको छ ।
लकडाउनमा साना व्यापारी: बिहानै कुद्छन्, दिनभरी सुत्छन्, साँझ पर्यो कि खट्छन्
काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा भएको दुध दहि बिक्री गर्छन् । डेरी खुला गरेको समयमा त्यहाँ मासिनको भिड लाग्ने गर्छ । ‘पहिले धेरै पसलहरु खुला हुन्थे, व्यापार कम हुुन्थ्यो, अहिले यता नजिकै मैले मात्र पसल खुला गर्ने गरेको छु, पहिलेको भन्दा राम्रै व्यापार हुन्छ,’ पुनले भने । डेरीमा दुध दहि पहिलेको भन्दा अहिले धेरै बिक्री हुने गरेको उनको भनाइ छ । पहिले दिनभरी कमाएको भन्दा अहिले दुई घण्टामै बढी आम्दानी गरिरहेको उनले बताए । उनले बेलुका साढे पाँच बजेदेखि सात बजेसम्म डेरी खुला गर्ने गरको बताए । मुखमा माक्स, हातमा ग्लोभ्स लगाएर आफुलाई सुरक्षित बनाएका उनले कोरोना भाइरसबाट टाढा रहने तरिका र व्यापार पनि बन्द नगरी काम गरिरहेको बताए । पछिल्लो समय लकडाउनको कारण सामान बिक्रि भएन, उत्पादन गरेको सामान पनि त्यतिकै खेर फाल्नु पर्यो लगायतका व्यापारीहरुका भनाईसहितका समाचारहरु पनि विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । तर, त्यसैमा पनि कसैलाई भने धेरै फाइदा भइरहेको व्यापारीहरु बताउँछन् । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै सबै सवारी साधानहरु ठप्प छन् । विभिन्न ठाउँ तथा क्षेत्रमा उत्पादन भएको सामान तथा दैनिक उपभोग्य सामान जस्तै, तरकारी, दुध दहिलगायतका सामानहरु ओसार पसार गर्न असहज भइरहेको छ । सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति तथा ढुवानी गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव भने सामान ओसार पसारमा परेको दृखिन्छ । विभिन्न क्षेत्र तथा ठाउँमा उतपादन भएका वस्तुहरु बजारसम्म ढुवानी गर्न समस्या भइरहेको व्यापारीहरु बताउँछन् । जसको प्रत्यक्ष असर उपभोक्तालाई परिरहेको छ । विभिन्न तरकारी तथा फलफुल लगायतका सामनहरु संकलन केन्द्रहरुसम्म सामान ढुवानी गर्ने व्यवस्था नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट गर्नु रिेका समाचारहरु पनि आइरहेका छन् । यसले पनि दैनिक अत्यावश्यकीय वस्तु दूध, फलफूल, तरकारीलगायतले बजार पाएका छैनन् । तर, काठमाडौं नजिकैका किर्तिपुर, भक्तपुरमा उत्पादन भएका वस्तुहरुले पनि बजार पाइरहेका छन् । व्यापारीहरुले पहिलेको भन्दा महँगो मूल्यमा सामान बिक्री गरिरहेका छन् । यस्तै, घट्टेकुलोमा विगत ४/५ वर्षदेखि तरकारी पसल सञ्चालन गर्दे आएकी रुपिका मगरलाई पनि कतिखेर बिहान होला र तरकारी बिक्री गरौंला भन्ने हुन्छ । उनी बिहानै तीन चार नबज्दै अर्थात उज्यालो नहुँदै उनी तरकारी बजारमा गएर हरियो तरकारी ल्याउँछिन् । पसलमा थन्क्याउँछिन् । दिनभरी पसल बन्द गर्छिन् । बेलुका पाँच/साढे पाँच बज्ने बित्तिकै पसल खोल्छिन् र धमाधम तरकारी बेच्नमा व्यस्त हुन्छिन् । उनको पसलमा पनि तरकारी लिन आउनेको भिड लाग्छ । उनको पनि शिशिरको जस्तै जवाफ छ । पहिले धेरै पसल हुन्थे, व्यापार कम हुन्थ्यो अहिले धेरै पसल बन्द छन् । धेरै मानिसहरु आफ्नो पसलमा आउने गरेको उनको भनाइ छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले मानिसमा त्रास छाएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्वमा व्यापारदेखि मानिसको ओहोरदोहोरमा समेत प्रत्यक्ष समस्या परेको छ । अन्तर्रा्ष्ट्रियदेखि स्थानीय व्यापारमा समेत कोरोना भाइरसको असर परेको छ । सरकारले लकडाउन घोषणा गरेसँगै सर्वसाधारण नागरिक दिउसो बाहिर देखिँदैनन् । तर, जब साँझ पर्छ उनीहरु सामान ल्याउन नजिकैको खपसलमा गएर सामान खरिद गरेर फर्किन्छन् । सरकारले लकडाउनको घोषणा गरेपनि सडकपेटीलेखि साना व्यापार गर्ने व्यापारीहरुले भने साँझ बिहान व्यापार गरिरहेका छन् । उनीहरूले सामान्य समयमा जस्तै तरकारी, मकै फलफूल र अन्य व्यापार गरिरहेको पाइन्छ । बिनाअनुमति ढुवानीका साधन रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउँदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । त्यसले गर्दा पनि गाउँ तथा विकट ग्रामिण क्षेत्रको फलफुल तरकारी बजारमा आउन पाएको छैन । त्यसको फाइदा स्थानिय किसानहरुले उठाइरहेका छन् । बजारमा ती सामानको अभाव देखाउँदै महँगो मूल्यमा फलफूल तरकारी तथा डेरीका वस्तुहरु बिक्री गरिरहेका छन् ।
मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई वितरण गर्यो खाद्यान्न सामाग्री
काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरधामका विपन्न परिवारका १ सय ५० जनालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमकाबीच चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको हो । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन् । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।