आजदेखि डिश होम प्लस एचडिको ‘घरमै फिल्म हल’
काठमाडौं ।काेराेना भाइरसकाे विश्वभरी फैलिएसँगै नेपाल सरकारले लकडाउनको घोषणासंगै दर्शकहरुको मनोरंजन प्रदान गर्न डिश हाेमले प्लस एचडि को ‘घरमै फिल्म हल’लाई लक्षित एक हप्ते कार्यक्रम घोषणा गरेको छ । आइतबारदेखि शनिबार सम्ममा दर्शकहरुले घरै बसी बसी विभिन्न फिल्महरु हेर्न पाउने छन् । डिश होमको प्लस मुभी एचडिमा आइतबार १० बजे ‘रिङ्ग रोड’, १ बजे ‘राजनीति’, ४ बजे ‘पासवर्ड’ र ७ बजे ‘ठमेल डट कम’ देखाईनेछ । इन्टरनेटको पहुँच नभएको ठाउँका दर्शकहरुले यसबाट लाभ उठाउन सक्नेछन् । त्यस्तै इन्टरनेटको स्पिड घटेकोले सास्ती खेपिरहेकाहरुलाई पनि यो राम्रो विकल्प हुन सक्छ । यो बेला भिविन्न फेक न्युज हेरेर बस्नु भन्दा यि फिल्म हरु ले पारिवारिक जमघट पनि हुने र रमाइलो पनि हुने , फिल्म को माद्यम बाट मनोरन्जन दिने र लकडाउनको समयमा घरमै समय व्यतित गरिरहेका दर्शकहरुको मनोरंजनको लागि यसो गरिएको रमाइलो यचडि का अध्यक्ष दयाराम पाण्डेय्ले बताए । सोमबार १० बजे ‘सौभाग्य’, १ बजे ‘टिन एज’, ४ बजे ‘प्रेम लिला’ र ‘७ बजे ‘प्रेम गीत’ देखाईनेछ । मंगलबार १० बजे ‘सुश्री सम्पत्ति’, १ बजे ‘हैरान’, ४ बजे ‘छक्का पन्जा २’ र ७ बजे ‘झमक बहादुर’ देखाईनेछ । शुक्रबार १० बजे, १ बजे, ४ बजे र ७ बजे ‘माया पिरिम’, शनिबार क्लासिक मुभी अंतर्गर १० बजे ‘हामी तीन भाइ’, १ बजे ‘अल्लारे’, ४ बजे ‘ट्रक ड्राइभर’ र ७ बजे ‘दक्षिणा’ हेर्न सकिनेछ । यी सबै फिल्महरु निस्शुल्क हेर्न पाइनेछ । त्यसैगरि बुधबार १० बजे ‘सिन्दुर’, १ बजे ‘गोपी’, ४ बजे ‘चौका दाउ’ र ७ बजे ‘राहदानी’, बिहिबार १० बजे ‘जेरी’, १ बजे ‘गाजलु’, ४ बजे ‘क्याप्टेन’ र ७ बजे ‘जेरी’ देखाईनेछ । त्यसैगरि सिनेमाघरको च्यानल नम्बर १०८ मा ‘छक्का पन्जा ३’ र च्यानल नम्बर ८८८ मा ‘आमा’ हेर्न सकिनेछ । छक्का पन्जा ३ को लागि २ सय २५ रूपैयाँ तिर्नु पर्नेछ भने ‘आमा’ को लागि ३ सय २५ रूपैयाँ तिर्नु पर्नेछ । दुवै फिल्मको दैनिक ८/८ शो हुनेछ ।
मनकारी मेयर, खाद्यान्न बोकेर मजदुरको घर पुगे
काठमाडौं । विश्वभर फैलिएको कोरोकोना भाइरसको कारणले देशभर लकडाउनको गरिएको छ । नेपालभरनै लकडाउनको कारणले घर भित्रै बसेकाहरुलाई मजदुर लगायतकाहरुलाई खाद्यान्न समस्य परिरहेको छ । मजदुरलाइ खाद्यान्न समस्य भए पछि हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत शनिबार खाद्यान्न बोकेर मजदुरको घरमा पुगेका छन । मेयरले उपमहानगरपालिका भित्र रहेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई लकडाउनका कारण खाद्यान्न समस्य परेको थाहा पाएपछि आज खाद्यान्न बोकेर मजदुरको घरमा पुगेका हुन । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि खाद्यान्न वितरण गर्न सुरु गरेको हो । ‘लकडाउनका कारण दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि आजबाट चामल, दाल र नुन वितरण गर्न सुरु गरिएको छ,’ महतले भने । महतले भने जसको घर र जमिन छैन, कोठा भाडामा परिवार सहित बस्नुपर्ने बाध्यता भोग्दै आएका छन् र खाद्यान्नका सामान सकिसकेका परिवारलाई वितरण गरेका हो । नगर भित्रका ज्यालादारी गर्ने मजदुरको एकिन तथ्याङक पनि हेटौंडाका १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु मार्फत संकलन गर्ने र बास्तविक मजदुर परिवार जसलाई खानको समस्या परिसकेको छ उनीहरुका लागि मात्र वितरण सुरु गरिएको हो ।
कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात गर्न खुल्यो चीनतर्फका नाका
काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले सुरुमा रसुवागढी र तातोपानी नाकाबाट कोरोना भाइरस परिक्षण गर्ने किट, औषधि र अतिआवश्क बस्तु आयात हुने बताए । दाहालका अनुसार गत माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो । ‘विस्तारै अन्य व्यापारीक सामन पनि सो नाकाबाट आयात हुन्छ, अहिले पनि अतिआवश्यक उपभोगिय बस्तु भारतबाट पनि सहज तरिकाले आयात भइरहेको छ,’ दाहालले भने | ढुवानीका लागि जाने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ । पहिलो हेल्थ असिस्टेन्टका भरमा रहेका नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई छुने छैनन् ।