तपाईको छिमेकी कोही विदेशबाट आउनु भएको छ ? सूचना दिनुहोस् तपाईलाई पुरस्कार मिल्छ

सांकेतिक तस्वीर काठमाडाैं ।  म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको बारेमा सूचना दिनेलाई नगद पुरस्कार उपलब्ध गराउने घोषणा गरेको छ ।   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गाउँपालिकाले यस्ताे अभियनु सुरू गरेकाे हाे । विदेशबाट आएकालाई घरमै एकान्तबास राख्नका लागि अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । गाउँपालिका र वडा कार्यालयमार्फत विदेशबाट आएकाको सूचना दिनेलाई एक हजार रुपैयाँ पुरस्कार उपलब्ध गराउन अध्यक्ष रोकाले बताएका छन् । उनका अनुसार मंगला गाउँपालिकामा हालसम्म १२ जना विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न लगाइएको छ । पाँचवटा वडा रहेको मंगला गाउँपालिकामा करिब एक सय जना स्वास्थ्यकर्मी र कर्मचारी छन् । त्यस्तै डेढ सय बढी शिक्षक छन् । चार लाख रुपैयाँ भन्दा बढी सहयोग हुने बताइएको छ । वडा र बस्ती स्तरमा कोरोनासम्बन्धी सचेतना फैलाउन माइकिङ गरिएको छ । यसैगरी मंगलाका राजपत्रअंकित तहका श्रेणीका कर्मचारीले पाँच र राजपत्र अनंकित तह, शिक्षक र श्रेणी बिहीन कर्मचारीहरुले तीन दिनको आधारभूत तलब बराबरको रकम सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।  

घरमा सामान सकियाे भने यस्ताे गर्नुहाेस्, सरकारले अनलाइनबाटै हाेम डेलिभरी गर्छ

काठमाडौं । सरकारले अब सामान अनलाइनबाटै डेलिभरी गर्ने तयारी गरिरहेको छ । सरकराले देशैभर लक डाउन घोषणा गरेसँगै मानिसहरुलाई बाहिर आवतजावत गर्न रोक लगाइरहेको बेला सामान अनलाइन डेलिभरीका लागि तयारी गरिरहेको हो । मानिसहरुको भिडभाड, आवागमन र व्यक्ति व्यक्तिबीचको सम्पर्कको कारण कोरोना भाइरस (कोरोना भाइरस) सर्न सक्ने भन्दै सरकारले अहिले ‘लकडाउन’ गरिरहेको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निर्धक्क भएर खाद्यवस्तुको ओसारपसार र किचबेच गर्न आग्रह गरेको छ । यस्तै, नियम अनुसार दर्ता भएर अनलाइन अर्डरका आधारमा घर घरमा सामान पु¥याउने कम्पनी पनि सञ्चालन हुन पाउने भएका छन् । उनीहरुले अनलाइन अर्डरको आधारमा घर घरमा सामान पु¥याउन पाउने भएका छन् । यसको लागि प्रशासनको पास अनिवार्य चाहिने मन्त्रालयका सचिव बैैकुण्ठ अर्थालले जानकारी दिए । अर्यालले पसलमा भिडभाड कम गर्नको लागि अनलाइन डेलिभरी गर्नेहरुलाई पनि खुला गर्ने भन्ने भएको छ बताए । ‘खाद्यवस्तुको ढुवानी अत्यावश्यक सेवाभित्र पनि त पर्छ नि, हामीले नागरिकको सहजका लागि होम डेलिभरीको व्यवस्था गर्न लागेका छौं,घरमा सामान सकिएमा व्यक्तिले अनलाइनबाट नाम टिपाउनु पर्नेछ, अनलाइन बिक्रेताले ग्राहकले दिएकाे ठेगाना अनुसार हाेम डेलिभरी गर्छ,  उनले भने । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुरक्षा निकायका पदाधिकारी, निजी क्षेत्र सङ्गठनका पदाधिकारीलगायतको छलफलले खाद्यवस्तुको निर्वाध ढुवानी गर्न दिने निर्णय गरेको हो । बैठकले औषधिजन्य सामग्री, दुग्धजन्य वस्तु, खाद्य सामग्री, दाल, चामल, नुन तेल, तरकारीलगायतका वस्तुको निर्वाध उत्पादन र पसलसम्म पुग्ने गाडी चल्न दिने निर्णय गरेको छ । यस्तै यी वस्तु बेच्ने थोक तथा खुद्रा पसल खुलै राख्न पाइनेछ । इन्धनको आपूर्ति र बिक्री वितरणमा पनि रोक लगाइएको छैन । तर न्यूनतम जनशक्ति परिचालन गर्ने र भौतिक दूरी कायम राख्ने, पसलमा २५ जना भन्दा धेरै भिडभाड नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ ।

विकासन्युज डटकमका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार, खिचिएको तस्वीर गरियो डिलेट

काठमाडौं । विकासन्युज डटकमका पत्रकार राजाराम न्यौपाने माथि प्रहरीले दुव्र्यवहार गरेको छ । नेपाल सरकारले देशलाई लकडाउन गरेको अवस्थामा समाचार संकलनमा गएका पत्रकारमाथि प्रहरीको दुव्र्यवहार भएको हो । बाबा पेट्रोल पम्प नजिकै ‘लक डाउन’ का विषयमा सम्झाईरहेको खिचेको तस्वीर प्रहरीको दादागिरी देखाउन खिचेको हो भन्दै डिलेट गरेका थिए । बुधबार कलंकीको बाबा पेट्रोल पम्प नजिकै बा १ झ ७४२३ नम्बरको गाडीमा हिँडेका प्रहरी हवल्दारले यस्तो व्यवहार गरेको हो । विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नलाई सरकारले मंगलबार बिहान ६ बजेदेखि देशलाई लकडाउन गरेको छ । सोही क्रममा समाचार संकलन गर्न गएका विकासन्यूज डट कमका राजाराम न्यौपाने दुव्र्यवहारमा परेका हुन् । गृह सचिब महेश्वर न्यौपानेले सूचना विभागको कार्डको प्रयोग गरेर फोटो खिच्दा प्रहरीले फोटो डिलिट गर्न नपाउने बताए । उनले भने फोटो डिलिट गर्ने हवाल्दालाई कार्वाही गरिने हुन्छ । नेपाल प्रहरीका सुचना अधिकारी (डि.आइ.जी.पी.) शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान गरि गलत गर्ने प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।