दशैँको टीकाको शुभ साइत बिहान १०ः३५ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिए ।

राज्यमन्त्री यादवद्वारा वृद्धहरुको स्वास्थ्य परीक्षण

काठमाडौं । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरस्थित जानकी आश्रमका वृद्धहरुको स्वास्थ्य चेकजाँच गरेका छन् । शनिबार बिहान व्युटिसियन एसोशिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उदघाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धहरुको स्वास्थ्य परीक्षण आफै गरेका हुन् । स्वास्थ्य जाँच गर्दै उनले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्वहरुलाई सल्लाह सुझाव दिए । वृद्वमा बढी दम रोगको सिकायत रहेको राज्यमन्त्री यादवको भनाई छ । उनले आश्रमका वृद्धहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । शिविरमा वृद्धहरुलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । वृद्धाअश्रममा अहिले १६ जना वृद्धाहरु छन् । जानकी वृद्धा आश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धाहरु बस्ने गर्छन ।

पोखरा फाइनान्सले जित्यो चौथो आइटि ग्रुप कर्पाेरेट फुटसल उपाधी

काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो । उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो साथै उपविजेता टोलीलाई नगद रु १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो । पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताएका छन् ।