सिद्धार्थ बैंकद्वारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार आर्थिक सहयोग
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई रू. दुई लाखपचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ । गैर सरकारी संगठनसंग संग्लग्नभई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारकालागि ट्रष्टले काम गर्दै आएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।
हङकङलाई हराउँदै नेपाल च्याम्पियन,एशिया कपमा प्रवेश
काठमाडौं । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यस जितसँगै नेपाल यु –१९ एशिया कपमा समेत एशिया कपमा प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे । बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक /एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । रासस
कृषि विकास बैंकद्वारा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघलाई १ लाखको सामग्री हस्तान्तरण
काठमाडौँ । किर्तीपुर नगरपालिका-३ मा सोमबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लि. शाखा कार्यालय किर्तिपरले १ लाख १० हजारको सामाग्री हस्तान्तरण गरेको छ । किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन र कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा बौद्धिक तथा बहुअपाङ्ग अभिभावक संघका अध्यक्ष लक्ष्मी काफ्लेलाई रु.१ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । स्थानीय नागरिकहरु र अपाङ्ग बच्चाहरुको उपस्थिती रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले अपाङ्ग बच्चाहरुको हितका निमित्त लोक कल्याणकारी कार्य गरेकोमा कृषि विकास बैंक लि. लाई धन्वाद दिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले अशक्त/असाह्य बच्चाहरुलाई सहयोग गर्ने मौका दिएकोमा संघलाई धन्यवाद दिंदै यस्ता प्रकृतिका लोककल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिए ।