नबिल बैंकद्वारा वार्षिकोत्सवको अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसपछी बैंकले नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ । बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरी मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

सनराइज बैंकद्वारा त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण

काठमाडौँ । सनराइज बैंकले वातावरण संरक्षण गर्ने उद्देश्यले त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबमा वृक्षारोपण गरेको छ । क्लबले वातावरण र खेलकुद प्रबद्र्घनको लागि ल्याएको गो गीन गल्फ क्याम्पेन अन्तरगत आयोजना गरेको उक्त कार्यक्रममा ५०० वटा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । बैंकका अध्यक्ष मोतीलाल दुगड तथा बलाध्यक्ष रथि गौरव तन्डुलले बृक्षारोपण गरी कार्यक्रम शुरु गरेका थिए । उक्त कार्यक्रममा बैंक संचालक समितिका सदस्य बच्छराज तातेड, शैलेन्द्र गुरागाईं र त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबबाट पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालका साथै सनराइज बैंक र आर्मीका अन्य पदाधिकारीहरुले पनि बृक्षारोपण गरेका थिए ।

नुवाकोटका श्रेष्ठलाई बम–सरस्वती स्मृति पुरस्कारबाट सम्मान

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित २०६औँ भानुजयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उनलाई रु दश हजार नगदसहित सो पुरस्कारबाट सम्मान गरेको हो । नेपाली भाषा, साहित्यको उत्थानमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठका ‘जीवन र विज्ञान’ जीवनी, ‘जिजिविषामा बाँच्ने मान्छेहरु’ कविता, हाइकु सङ्ग्रह ‘ट्राफिक जाम’ लगायतका कृति प्रकाशित छन् । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीको स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा श्रेष्ठ पाँचौं प्रतिभामा परेका छन्। पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार श्रेष्ठले भाषा, साहित्यको क्षेत्रमा थप क्रियाशील हुन पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । नगरप्रमुख पौडेलले कुनै पनि समाज त्यहाँको कला, साहित्य र संस्कृतिबाट नै सभ्य तथा सुसंस्कृत हुने बताउँछन् । उनले साहित्य क्षेत्रको विकासमा नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गरे । विसं २०७२ मा स्थापित पुरस्कारबाट यसअघि पर्वतका साहित्यकार नारायण आचार्य, पाल्पाका पुष्कर ‘अथक’ रेग्मी, चितवनका ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ र बागलुङका प्रकाश समीर पुरस्कृत भइसकेका छन् । भानु जयन्तीका अवसरमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायतका कार्यक्रम गरेको छ । आदिकवि भानुभक्तको व्यक्तित्व र योगदानबारे धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले प्रकाश पारेका थिए । रासस